नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । काठमाडौंं–४ बाट चुनाव लड्ने बताउँदै आएका महामन्त्री थापाले यसपाली भने सर्लाहीबाट उम्मेदवारी दिन लागेको कांग्रेसका एक नेताले जानकारी दिए। ‘उहाँ सर्लाहीबाटै चुनाव लड्ने करिब ९० प्रतिशत कन्फर्म भइसकेको छ, निर्णय मात्र हुन बाँकी हो,’ ती नेताले भने ।
थापा यसअघिको चुनावमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए । उनले वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४१८ मतले पराजित गरेका थिए ।
महामन्त्री थापाले यसपटक पनि काठमाडौंबाटै उम्मेदवारी दिने बताउँदै आएका थिए । तर उनी आफैले काठमाडौं छाडेर सर्लाहीबाट चुनाव लड्ने तयारी गरेका हुन् । काठमाडौं–४ मा एमालेले यसपाली पनि राजन भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।











