जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ४ वर्ष कैद सजाय तोकिएका एक फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी उपरिक्षक मनोज लामाका अनुसार सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले आगलागी मुद्धामा सिन्धुली जिल्ला अदालत सिन्धुलीबाट मिती २०५३ साल भदौ २३ गतेको फैसलाले ४ बर्ष कैद सजाय तोकेपछि हालसम्म फरार रहेका हरिहरपुरगढी गाउँपालिका वडा नंं ६ क्यानेश्वर बस्ने बर्ष ५६ को चन्द्रमान बम्जनलाई पक्राउ गरेको हो ।
बम्जनलाई घर नजिकमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरिएको डिएसपी लामाले जानकारी दिए ।