न्यायाधीशद्धय निधि र शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने न्याय परिषद्‌को निर्णय

न्यायपरिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। सोमबार बसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए। निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन्।

निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराब आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए।