सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ । सिन्धुली प्रहरीले घटनाको पुष्टि गरेपनि थप विवरण उपलव्ध गराएको छैन । घटनामा संलग्न भएकी भनिएकी महिलाको श्रीमान् बैदेशिक रोजगारीमा संलग्न भएको थाहा लागेको छ । ती महिला तामांग थरकी रहेकी छिन् । मृतकको कोठामा मादक पदार्थका बोतल भेटिएको प्रारंभिक बिबरणमा उल्लेखछ । उनीहरु हिजो दिउँसेदेखीनैं होटलमा बसेका थिए ।
सिन्धुली प्रहरीले घटनाको विषयम अनुसन्धान गरिरहेको र शव जिल्ला अस्पतालमा राखिएको थाहा लागेको छ । घटनामा संलग्न महिला प्रहरीको नियन्त्रणमा छिन् ।