नवनिर्वाचित वडाध्यक्ष्यको कार्यालयामा तालाबन्दीपछि एमाले सिन्धुलीका अध्यक्षले दिए यस्तो चेतावनी

दुधौली नगरपालिकाको वडा नं. २ भलुवाहीमा रहेको वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दी गरेपछि सेवाग्राहीहरु प्रभावित भएकाछन् । वडा कार्यालयमा सोमवार विहान देखी नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।
उनीहरुले एमालेबाट निर्वाचित वडा अध्यक्ष रितेश राउतलाई कारबाहीको मागगर्दै ताला लगाएको बिबरणहरु बाहिर आएको छ । वडा कार्यालयमा नवनिर्वाचित भराउतलाई प्रवेश गर्न नदिने उदेश्यले ताताबन्दी गरिएको हो ।
बैशाख ३० गते भएको निर्वाचनको मत परिणाम आइसकेपछि पराजित मानसिकता बोकेका केही कांग्रेस कार्यकर्ताहरुले निर्वाचन अगाडि भएका घटनाको सन्दर्भलाई जोडेर वडा कार्यालयमा तालाबन्दी गरेपनि डाकाहा प्रहरी उक्त तालाबन्दीलाई खुलाउने भन्दा पनि बन्दकर्ताको पक्षमा उभिएको छ । निर्वाचन प्रचार प्रसारका क्रममा भएको झडपलाई दिएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको र ५ जना एमाले कार्यकर्ताहरुलाई स्थानीय प्रशासनले धरौटीमा छोडेका बेला प्रहरी प्रशासनकै आडमा कांग्रेस कार्यकर्ताले वडा कार्यालयमा ताला लगाएको आरोप एमालेले लगाएको छ । एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार निर्वाचन प्रचार प्रसारकै क्रममा एमाले नेता कार्यकर्ताहरुमाथि प्रहरी प्रशासनले कांग्रेस कार्यकर्ताको व्यवहार प्रदर्शनगर्दै एमाले कार्यकर्ताहरुलाई दुख दिएको र झुठ्ठा मुद्धामा फसाएर आतंकित बनाएको बताए ।
बैशाख १५ गते राती दुधौली नगरपालिका २ भलुवाहीमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता विच झडप भएको घटनालाई साम्य बनाउने भन्दा पनि त्यसलाई अझ चर्काएर सिन्धुलीको शान्तिपूर्ण अबस्था खलबल्याउन खोजिएको प्रति एमाले अत्यन्त गंभीर बनेको बताउँदै नेता कार्कीले भनेका छन्ः हामी सिन्धुलीको स्थानीय प्रशासनले राजनैतिक पूर्वाग्रह भन्दा माथि उठेर समस्याको समाधान गरोस् भन्ने पक्षमा छौं, यदी त्यसैलाई कमजोरी ठानेर एमाले कार्यकर्ताहरुमाथि दमन गर्न खोजिए त्यसको प्रतिरोध गर्न बाध्य हुनेछौं ।
निर्वाचन प्रचारका क्रममा भएको झडपमा केही सामान्य घाइते भएको र सवारी साधनमा क्षती पुगेको थियो । नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीले राउतलाई फसाउन चुनावि प्रचार प्रसार गर्न समेत अबरोध सिर्जना गरेका थिए ।
राउत निर्वाचित भएपछि प्रहरीले पक्राउ गरेका ५ जना एमाले कार्यकर्तालाई रिहा थियो । कांग्रेसका कार्यकर्ताले राउतलाई जेल चलान गर्नु पर्ने माग गर्दै वडा कार्यलयमा तालाबन्दि गरेका हुन् । यस अगाडि नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेलाई एमाले कार्यकर्तालाई छोडाएको भन्दै कांग्रेसका महिला कार्यकर्ताहरुले हातपात गरेका थिए ।
सोही प्रकरणमा आफुलाई षडयन्त्रपूर्ण ढंगले सो घटनामा मध्यस्थकर्ताको भूमिका गर्न लगाएर एसपीले फसाएको भन्दै अधिकारकर्मी दुर्गाराज पौडेल जिल्ला प्रहरी कार्यालय सिन्धुलीको एसपीको कार्यकक्षमा आमरण अनसन बसेका थिए । सो अनसन प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, आइसिआरसी र एमनेष्टी नेपालले चासो देखाएको थियो ।-यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।