कमलामाई नगरपालिकाका नव निर्वाचित नगरप्रमुख उपेन्द्र पोखरेलले सोमबार पदभार ग्रहण गर्नु भएको छ । उहाँले पदभार गरेपछि स्थानीय तथा पत्रकार मैत्री पहिलो निर्णय गर्नु भएको छ ।
यस अघिको कार्यकालको सबै खाले करको अध्ययन गरी समायोजन गर्न कार्यदल गठन गर्ने, सिन्धुलीगढी युद्ध सङग्राहलय अवलोकन गर्दा लाग्ने शुल्कमा स्थानीयलाई ५० प्रतिशत छुट र समाचार सङ्कलन गर्ने पत्रकारलाई परिचयपत्रका आधारमा निःशुल्क अवलोकन गर्ने निर्णय गर्नु भएको छ ।
नगरपालिकामा रहेका अति विपन्न परिवारहरूको निःशुल्क स्वास्थ्य बिमा गराउने निर्णय गरेको नगरप्रमुख उपेन्द्र पोखरेलले जानकारी दिनुभयो । आज गरिएको निर्णय साउन १ गते देखी कार्यान्वयन हुनेछ ।
नगरप्रमुख पोखरेलले नवनिर्वाचित कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।











