सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलार्य पछि पार्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी भएको हो ।
गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु वराल निर्वाचित हुनु भएको छ ।
आज सकिएको मत गणना अनुसार अध्यक्ष सुनुवार ४०६२ मत र बराल ४२५६ मत सहित विजयी हुनु भएको हो । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार निर्पबहादुर भुजेलले ४०१७ र माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र बहादुर कार्कीले ३४२६ मत प्राप्त गर्नुभयो ।
वडा नं. १ मा माओवादी केन्द्रका होम बहादुर सुनुवार, वडा नं. ४ मा नेपाली कांग्रेसका मोहन मगर, वडा नं २ मा शंकर बराल, वडा नं ३ मा टेक बहादुर रजन, वडा नं. ५ मा बैकुण्ठलाल पहाडी र वडा नं ६ मा कुलेन्द्र रानामगर विजयी हुनु भएको हो । शंकर र टेकबहादुर २०७४ सालमा एमालेबाट निर्वाचित वडा अध्यक्ष पनि हुनुहुन्छ ।











