एसपीकै कार्यकक्षमा सिन्धुलीका अधिकारकर्मी दुर्गाराज पौडेलको आमरण अनसन !


मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।
गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष तथा स्थानीय समेत रहेका पौडेललाई सो घटनामा मध्यस्तकर्ताको भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । प्रहरी उपरीक्षक कडेलले चिनजान र विश्वासका आधारमा केही व्यक्तिलाई ल्याएर हाजिर गराउने र एक रातमा सो घटना मिलापत्र गराउने आफु समक्ष प्रतिबद्धता गरेको पौडेलले बताए ।
नेकपा(एमाले) सिन्धुलीका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष रामकुमार कार्कीसँग पनि तत्काल घटना मिलाएर निर्वाचनका गतिविधिलाई सहज बनाउने प्रस्ताव एसपि कडेलले गरेका थिए ।
अध्यक्ष कार्कीले पक्राउ पुर्जि जारी गरेका कार्यकर्ता ल्याए कानुनी प्रक्रिया अघि बढ्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गर्नुभइको थियो । एसपि कडेलले प्रतिवद्धता गरेपछि पार्टीको आग्रहमा दुर्गा पौडेलले चार जनालाई बैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन सहयोग गरेका थिए ।
तर प्रहरीले भोलिपल्ट बिहान कार्यालय समयमा छुटाउने प्रतिबद्धता गरेको भएपनि बैशाख २६ गते ७ दिनको म्याद थपेपछि प्रहरीले विना कारण आफुलाई फसाएको भन्दै आफुसँगको प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल प्रहरी उपरीक्षक कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन ।
प्रहरीले निर्दोष स्थानीयलाई प्रक्राउ गरी मुद्धा चलाएको भन्दै उहाँ जिल्ला प्रहरी कार्यालय स्थित एसपी चेम्बरमा मङ्गलबार बिहान ७ बजेबाट आमरण अनशन बसेका हुन । समस्या समाधानका लागी सहजीकरणको भुमीका निर्वाह गरेका पौडेललाई प्रहरीले नै फसाउन षड्यन्त्र गरेको भन्दै अनशन बसेको उनले बताए । उनले घटनालाई राजनीतिकरण नगर्न र सामान्य व्यक्तिहरुलाई झुठ्ठा मुद्धामा नफसाउन प्रहरीलाई आग्रह गरेका छन ।
यता जिल्ला इन्चार्ज पहाडीले प्रहरी उपरीक्षक कांग्रेसको कार्यकर्ता झै व्यवहार गरेको बताए । पदको मर्यादा विपरित प्रहरीले राजनितिक पुर्वाग्रह राखी एमालेका निर्दोष कार्यकर्तालाई फसाउने षड्यन्त्र गरेकाले एमालेले यस घटनाको विरोध गर्दै आएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबत्ता डिएसपी मनोज कुमार लामाले घटनामा संलग्न ब्यक्तिहरुलाई कानुन अनुसार नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाइएको बताउँदै पौडेल अनशनको विषयमा उनीसँग छलफल भईरहेको बताए ।

No description available.
झुठ्ठा मुद्दामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आमरण अनशनमा दुर्गाराज पौडेल

यो पनि समाचारः

नेकपा(एमाले) सिन्धुलीका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष रामकुमार कार्कीसँग पनि तत्काल घटना मिलाएर निर्वाचनका गतिविधिलाई सहज बनाउने प्रस्ताव एसपी कडेलले गरेका थिए ।

अध्यक्ष कार्कीले पक्राउ पुर्जि जारी गरेका कार्यकर्ता ल्याए कानुनी प्रक्रिया अघि बढ्ने भन्दै उक्त प्रस्ताव अस्वीकार अस्वीकार गरेका थिए । एसपी कडेलले प्रतिवद्धता गरेपछि पार्टीको आग्रहमा दुर्गा पौडेलले चार जनालाई बैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन सहयोग गरेका थिए ।

तर प्रहरीले भोलिपल्ट बिहान कार्यालय समयमा छुटाउने प्रतिबद्धता गरेको भएपनि बैशाख २६ गते ७ दिनको म्याद थपेपछि प्रहरीले विना कारण आफुलाई फसाएको भन्दै आफुसँगको प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल प्रहरी उपरीक्षक कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन ।

प्रहरीले निर्दोष स्थानीयलाई प्रक्राउ गरी मुद्दा चलाएको भन्दै उहाँ जिल्ला प्रहरी कार्यालय स्थित एसपी चेम्बरमा मङ्गलबार बिहान ७ बजेबाट आमरण अनशन बसेका हुन । समस्या समाधानका लागी सहजीकरणको भुमीका निर्वाह गरेका पौडेललाई प्रहरीले नै फसाउन षड्यन्त्र गरेको भन्दै अनशन बसेको उनले बताए । उनले घटनालाई राजनीतिकरण नगर्न र सामान्य व्यक्तिहरुलाई झुठ्ठा मुद्दामा नफसाउन प्रहरीलाई आग्रह गरेका छन ।

यता जिल्ला इन्चार्ज पहाडीले प्रहरी उपरीक्षकले कांग्रेसको कार्यकर्ता झै व्यवहार गरेको बताए । पदको मर्यादा विपरित प्रहरीले राजनितिक पुर्वाग्रह राखी एमालेका निर्दोष कार्यकर्तालाई फसाउने षड्यन्त्र गरेकाले एमालेले यस घटनाको विरोध गर्दै आएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी मनोज कुमार लामाले घटनामा संलग्न ब्यक्तिहरुलाई कानुन अनुसार नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाइएको बताउँदै पौडेल अनशनको विषयमा उनीसँग छलफल भईरहेको बताए । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।