जनयुद्धको उद्गम स्थल सिन्धुलीको माओवादी केन्द्रमा भिषण पहिरो

सिन्धुली जिल्लामा जनयुद्धको उद्गम स्थल अर्थात उर्वर भूमिका रुपमा चिनिएको मरिण गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व जनभावना विपरीत एकलौटी ढङ्गबाट अगाडी बढेको भन्दै असन्तुष्ट नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा गाउँ कमिटी उपाध्यक्ष चिनध्वज बोम्जनको नेतृत्वमा सचिवालय सदस्य धनबहादुर स्यांतान, सहित गाउँ कमिटी सदस्य, सचिवालय सदस्य सहित वडा कमिटीका इन्चार्ज, अध्यक्ष, सचिव, सदस्य गरि ७८ जनाले सामूहिक राजीनामा दिएका हुन् ।
गाउँकमिटि सदस्यहरू मिरा श्रेष्ठ, प्रज्वल कुमार नेपाली वडानं ४ कमिटि उपाध्यक्ष सिता माझी, सचिव फुलकुमार थोकर, सचिवालय सदस्य कुमार जिम्मा, वाइसियल इन्चार्ज पदमबहादुर थिङ, रहेका छन् । वडा नं. ४ का टोल कमिटि सदस्य रहेका छन् ।
यस्तै वाइसियल मरिण सहसंयोजक अशोक बम्जन, जिल्ला कमिटि सदस्य अमिर पाख्रिन सहित वाइसियल वडा संयोजक, अध्यक्ष, सदस्यहरुले पनि राजीनामा दिएका छन् । मरिणमा माओवादीको जिल्ला नेतृत्वको गुटगत अराजकता र व्यक्तिवादी प्रवृति प्रति असन्तुष्टि जनाउदै माओवादी पार्टी छाड्ने संख्या बढ्दै गएको छ । पार्टीले नेतृत्वले कार्यकर्ताको भावनाको कदर गर्न नसकेको भन्दै पार्टी छाड्दै आएका छन ।
प्रदेशखबरले एक महिना अघिनैं सिन्धुली माओवादीमा भिषण पहिरो जाने समाचार प्रकाशन गरेको थियो । सो समाचार प्रकाशन यता माओवादी सिन्धुलीका दर्जनौं इमान्दार नेता तथा सैयौं कार्यकर्ताहरुले सो पार्टी परित्याग गरिसकेका छन् । यस अगाडि पालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकीले माओवादीकेन्द्र परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

May be an image of 5 people, people sitting, people standing and indoor