नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको स्थानीय निर्वाचनलाई ध्यान दिंदै श्यामकुमार थापा मगरको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ल इन्चार्ज गणेशकुमार पहाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुली जिल्लामा पहिलो पटक वडा स्तरमा निर्वाचन परिचालन कमिटी गठन भएको हो । यस अगाडि एमाले जिल्ला संगठन कमिटीको बैठकले जिल्ला स्तरीय निर्वाचन परिचलान कमिटी गठन गरेको थियो ।
कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथी पहाडीले सिन्धुलीमा नेकपा एमालेको पक्षमा देखिएको जनउभारलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष रामकुमार कार्की, बाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री, उपाध्यक्ष कर्ण घिसिङ, बरिष्ठ नेता प्रदीप कटुवाल, उपसचिव रस्मिला देवकोटा, नगरअध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो । -पवन राउतबाट