कांग्रेसले एमाओवादीसहित चार दलसँग गठबन्धन गर्ने औपचारिक निर्णय आज सार्वजनिक गर्दै

कांग्रेस केन्द्रीय समितिले सत्तारुढ दलहरुका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले विजयी बनेका स्थानहरुमा गठबन्धन गर्ने निर्ण आज सार्वजनिक गर्दैछ । यस अघि जिल्लामा प्रचार प्रसारका लागि खटिएका केन्द्रीय नेताहरुले सम्बन्धित ठाउँको वस्तुस्थितिबारे जानकारी लिएको थियो । आइतबार ५४ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

रिपोर्ट प्रस्तुत गर्ने अधिकांश सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका थिए । अघिल्लोपटक आफूले जितेको स्थानीय तह सुरक्षित राख्दै एमालेले जितेको ठाउँमा दलहरुबीच गठबन्धन गर्नुपर्ने धारणा धेरैले राखेका हुन्।
२०७४ सालका भएको चुनावमा कांग्रेसले २६६ पालिकामा मात्रै जित हासिल गरेको थियो। एमालेले २९४ तहमा जित हासिल गरेको थियो। केन्द्रीय सदस्य डिला संगौलाले भनिन्, ‘धेरै साथीहरु गठबन्धनको पक्षमा हुनुहुन्छ। आफूले जितेको स्थानीय तहलाई सुरक्षित राख्दै एमालेले जितेको स्थानमा गठबन्धन गर्नुपर्छ।’
प्रवक्ता प्रकाशशरण महतले आवश्यकताका आधारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग गठबन्धन हुने दाबी गरे। आजको बैठकले गठबन्धनबारे ठोस निर्णय सार्वजनिक गर्ने महतले बताए।