सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बुद्धिजिवी विभागका इन्चार्ज मनोजजंग थापाले बुद्धिजिवि परिषद् एउटा सशक्त जनसंगठन भएकाले यो अन्य भातृ संगठन जस्तो नभई पार्टीको मुल खम्बा भएको बताएका छन् । स्थानीय निर्वाचन नजिकिई रहेका बेला पार्टीलाई मार्गनिर्देश गर्ने, सल्लाह सुझाव दिने र महत्वपूर्ण निर्णयहरुमा बुद्धिजिवि परिषद्ले अग्रणि भूमिका खेल्नुपर्नेमा जोड दिए ।
आगामी बैशाख ३० गते हुने निर्बाचनमा केन्द्र देखि वडा तहसम्मको घोषणापत्र तयार गर्न र दुरगामी योजनाहरु ल्याउन बुद्धिजिवि परिषद्को भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । पार्टीका हरेक जनवर्गिय संगठनहरु पार्टी निर्माणमा उत्तिकै महत्वपूर्ण रहेको बताउदै थापाले बुद्धिजिवि परिषद्ले सबै जनवर्गिय संगठनहरु विच समन्वयकारी भूमिका निर्वाह गर्न र आइपर्ने समस्याहरु सामाधान गर्न सहयोग गर्न सुझाव दिए ।
थापाले बुद्धिजिवि परिषद् र बुद्धिजिवि भनेपछि शहरमा बस्ने, पढेलेखेका धेरै जाने बुझेका, सूचना र श्रोतको पहुँचमा पुगेका व्यक्तिहरुलाई बुझिने भएपनि सक्रियताको हिसावमा विकट कर्णाली प्रदेशका संगठनहरु बढि सक्रिय र प्रभावकारी भूमिकामा रहेको जानकारी गराउदै सिन्धुली जिल्लाको बुद्धिजिवि परिषदले नमुना र उदाहरणिय योजनासहित काम गर्नुपर्ने सुझाएका थिए ।
आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न आ–आफ्नो क्षेत्रबाट लागिपर्न निर्देशन गर्दै थापाले माओवादीले द्वन्द्ध कालमानै कम्युनिष्ट चरित्र गुमाउन सुरु गरेकोले अब समृद्धि र विकासको एजेण्डा सहित एमालेको नेतृत्वमा देश विकासका लागि अगाडि बड्नुको विकल्प नभएको बताउनु भयो । क्रान्ती र परिवर्तन युग सकिएको भन्दै थापाले अब समृद्ध देश बनाउन एमालेको छाता मुनि सबै एकत्रित हुनुपर्ने बताउनु भयो ।
यसैबीच नेकपा एमाले निटकको जनसंगठन नेपाल बुद्धिजिवि परिषद् सिन्धुलीको ९ औ जिल्ला अधिवेशनले शम्भु दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रोहित कार्की, सचिवमा रेनुराज देवकोटा, सह सचिव दिपक तिमल्सीना र नवराज काफ्ले, कोषाध्यक्षमा धनमाया राई लगायत चयन हुनु भएको छ ।
परिषद्का अध्यक्ष शुरेश फूयाँलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं बुजिवि परिषद् केन्द्रीय इन्चार्ज मनोजजंग थपाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।