स्वर्गीय पत्रकार अञ्जनको परिबार लाई प्रेस चौतारीको सहयोग

सवारी दुर्घटनामापरि ज्यान गुमाउनु भएका पत्रकार अन्जन रानाको परिबारलाइ प्रेस चौतारी नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

प्रेस चौतारीले गोलन्जोर गाउपालीका ४ तिनकन्यामा पुगि रानाको परिबार लाइ नगद र समबेदना पत्र हस्तान्तरण गरेको हो । प्रेस चौतारि नेपाल बागमति प्रदेश र जिल्ला शाखा सिन्धुली ले १०/१० हजार गरि जम्मा २० हजार आर्थिक सहयोग गरिएको प्रेस चौतारी बागमति प्रदेश का सचिब बिदुर पौडेलले बताउनुभयो ।

रानाको परिबारले पत्रकारहरु संग नाबालीका छोरीको शिक्षा दिक्षा र श्रीमति लाइ रोजगारिको पहल गरिदिन आग्रह गरेका थिए । चौतारीका पदाधिकारिहरुले दिबंगत रानाकी छोरीको १० कक्षासम्मको शिक्षाका लागि अधुनीक नमुना इंगलिस बोर्डिङ स्कुल पानीटयांकिले प्रतिबध्दता जनाएको छ ।

नाबालीका छोरीको निःसुल्क अध्यायन को ब्यबस्था

यसैबिच सबारि दुर्घटना मा परि ज्यान गुमाएका सन्चारकर्मि अन्जन रानाको छोरि लाई क न मा ६ पानीट्यांकि मा रहेको आधुनीक इङ्लीस बोर्डिङ स्कुल ले कक्षा १० सम्म निःसुल्क अध्यायन को ब्यबस्था मिलाउने भएको छ ।

स्कुल का प्रीन्सीपल भानु गुरुङ ले सन्चारकर्मी हरुलाइ उक्त जानकारी गराउनु भएको हो । परिबार धान्ने मुख्य अबिभाबक रानाको मित्यु भएपछि दुख को यो घडिमा परिबार लाइ केहि सहयोग होस भन्ने हेतुले आफुले नाबालीका छोरिको शिक्षा को लागि सहयोग गर्ने प्रतिबध्दता गरेको गुरुङ ले बताउनु भयो ।