सुनकोशी गाउँपालिका वडा नं. ५ मा एमालेको टोल कमिटी गठन भएको छ । मंगलवार साविक वडा नं. ९ का धोबिखोला ,राना गाउँ , रानी छाङ्गा लाई समेटि बद्री तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ । त्यसैगरी साबिक २ वडाको भुगोल छाप, भोटेखोला , खनियाखर्क, कामिछाप, चौतारालाई समेटि रामबहादुर लोप्चनको अध्यक्षता ११ सदस्यीय समिति गठन गरिएको छ ।
एमाले वाग्मती प्रदेश कमिटी सदस्य बद्रीबहादुर दाहालको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सल्लाहकार कमिटी सदस्य दिलबहादुर हायु, जिल्ला कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, सुनकोसी गाउँ कमिटी सचिबालय सदस्य धनजंग थापा, बिमला आचार्य, जानकी सुनुवार, भरत खड्का, अमरदिप भुजेल, सन्देश तामाङ, सुनकोसी युवा संघका संयोजक दिपक रम्तेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।










