प्रचण्ड परिवारकै ६ जना भएपछि प्रस्तावित केन्द्रीय सदस्यमा जुटेन सहमति, माओवादीमा भयो किचलो

नेकपा (माओवादी केन्द्रं) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुटेपछि विवाद बढेको छ । मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत हुनुहुन्छ । मोरङका आचार्य गंगाको पति हुन् ।

प्रचण्डको परिवारबाट मात्रै ६ जना केन्द्रीय सदस्य बनेपछि माओवादीमा लफडा सुरु भएको हो । आजको बैठकमा रिक्त केन्द्रीय सदस्य र मनोनीत १५ प्रतिशतसहित अध्यक्ष प्रचण्डले ९७ जनाको नाम केन्द्रीय सस्यका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित नाममध्ये केहीमा नेताहरुले नै असन्तुष्टी जनाएपछि लफडा भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

नेताहरुले आफ्ना पनि मान्छे समेटिनुपर्ने भन्दै नाम दिएपछि त्यो संख्या २५ सय पुगेको बताइएको छ । प्रस्तावित नामले विवाद बढाएपछि हाललाई प्रस्ताव स्थगन गर्नेबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ । अहिलेलाई २९७ जनाको मात्रै समिति बनाउने र बाँकी पछि निर्णय गर्नेगरि बैठक सम्पन्न गर्न लागिएको उहाँले सुनाउनुभयो ।

प्रचण्ड परिवार
१. प्रचण्ड
२. रेनु दाहाल
३. विना मगर
४. नारायण दाहाल
५. गंगा दाहाल
६. जीवन आचार्य