कमलामाई नगरपालिकाको टोलटोलमा संगठन र घरघरमा एमाले समर्थकहरु बनाउनु पर्छः केन्द्रीय सदस्य दनुवार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवम् वन तथा वातावरण बिभाग प्रमुख विषमलाल अधिकारी दनुवारले पार्टीका कामहरुलाई व्यवस्थापनगर्दै टोलटोलमा संगठन निर्माण र घरघरमा एमाले समर्थकहरु बनाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) कमलामाई नगरपालिका कमिटी सिन्धुलीको दोस्रो पुर्ण बैठकलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले एमालेले उठाएका एजेण्डाहरु जनताका बीचमा स्थापित हुँदै गएकाले निर्वाचनलाई केन्द्रमा राखेर राजनैतिक गतिविधीलाई अगाडि बढाउन आग्रहगर्दै जनताको विश्वास आर्जन गर्नेगरी काम गर्न नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।
उहाँले अगाडि भन्नुभयोः आन्तरिक एकतालाई सुदृढगर्दै पार्टीलाई विधीसम्मत ढंगले सञ्चालन गर्न र नेता कार्यकर्ताको मनोभावना उच्च हुनेगरी काम कारबाही गर्न पार्टी नेतृत्वलाई सुझाउनुभयो ।
कार्यक्रमलाई एमालेकी केन्द्रीय सदस्य उमादेवी कोइराला, सुवास देवकोटा, बाग्मती प्रदेश कमिटी सदस्यहरु धुर्व देवकोटा, खड्गवहादुर खत्री, बिनोद खड्का एमाले जिल्ला कमिटी उपाध्यक्ष कर्ण घिसिङ र उपसचिव मञ्जु देवकोटाले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका १४ वटै वडाका वडाध्यक्ष र सचिवले पार्टीको अहिलेको अबस्थाका वारे रिपोर्टिङ गरेका थिए । वडा पार्टीको रिपोर्टिङपछि वडा कमिटीलाई पार्टीको कार्ययोजना बनाउन नगरकमिटीले तयार पारेको कार्ययोजना फाइल बुझाइएको छ ।
१० दिनभित्र सबै वडाका वडा कमिटीको बैठक राखिसक्न र आगामी निर्वाचनका लागि स्थानीय स्तरबाटै कार्ययोजना बनाउन, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीले गरेका राम्रा कामहरुको अभिलेखिकरण गर्न, जनताले भोग्दै आएका समस्याहरु टिप्न तथा आगामी दिनमा वडामा पार्टीका तर्फबाट सञ्चालन गर्नुपर्ने विकासका योजनाहरु छनोट गर्न पनि पूर्ण बैठकले निर्देशन गरेको छ ।
एमाले कमलामाई नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा दोस्रो पूर्ण बैठक सम्पन्न भएको थियो । -उज्वल न्यौपानेबाट

May be an image of 4 people, people sitting and indoor
May be an image of 3 people and people standing
May be an image of 1 person, standing and indoor
May be an image of 3 people, people standing and indoor
May be an image of 2 people, people standing and indoor