एमालेले कांग्रेस माओवादी केन्द्रसँग भएको कुराकानी सकारात्मक भएको प्रतिक्रिया दिएको छ।
एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पालैपालो संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्।
दुवै पक्षसँगको भेटपछि एमाले उपाध्यक्ष सुवास नेम्वाङ सकारात्मक कुराकानी भएको प्रतिक्रिया दिए। उनले दुवैसँग फेरि पनि छलफल निरन्तर बताए।
‘ नेताहरुले एक्ला एक्लै, हामीसहित बसेर छलफल भयो। प्रधानमन्त्री र प्रचण्डसँग सकारात्मक छलफल भयो। फेरि छलफल हुने कुरा भएको छ, नेम्वाङले भने, ‘आजै माओवादीसँग सहकार्य गर्ने निष्कर्षमा पुगेका छैनौँ। फेरि छलफल गर्छौ। संसदको गतिरोध अन्त्य हुनुपर्छ। हामी उपयुक्त समयमा उपयुक्त निर्णय गर्छौ।’
उनले एमाले सबै विकल्प सकिएपछि फोर्न खुत्रुके नभएको समेत जनाए। प्रचण्डसँगको छलफलपछि एमाले नेताहरु फेरि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन्।