लाम्पनटार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले आउँदो निर्वाचनमा एमालेलाई एक नम्वरको पार्टी बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटिको पूर्ण बैठकलाई सम्बोधनगर्दे उपाध्यक्ष घिसिङले उपस्थित पार्टीको पालिका नेतृत्वलाई सुझबुझपूर्ण ढंगले पार्टीका गतिबिधिलाई जनस्तरसम्म लैजान र संगठन निर्माणलाई तिब्रता दिन आग्रह गर्नुभएको छ ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा पार्टी भित्र पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको आकांक्षीहरु देखिंदै गरेका बेला त्यसैलाई लक्षितगर्दै नेता घिसिङले अगाडि भन्नुभयोः ‘अहिले पार्टी कार्यालयमा मलाई यो पद र त्यो पदको टिकेट चाहियो, उम्मेदवार बनाई दिनुप¥यो भन्दै भेट गर्ने, नेताहरु मार्फत भन्न लाउने र फोन गर्नेहरु’ बढीरहेका छन्, टिकट त्यस्ता व्यक्तिले पाउँछन्, जो पालिकामा लोकप्रियछ, जसले पार्टीको कामलाई व्यबस्थित ढंगले अगाडि बढाएको छ, र जसलाई पार्टी कमिटीले शिफारिश गरेर पठाउँछ उसैले पाउने छ ।
उहाँले अगाडि भन्नुभयो– नेताहरुको ढोका ढोका चाहार्ने, काम नगर्ने, कार्यकर्ताको भनोभावान नबुझ्ने र पार्टी र संगठनलाई बलियो बनाउन नसक्नेहरु एमालेको उम्मेदवार हुन सक्तैनन्, त्यसैले आजैदेखी आफ्नो कामलाई अगाडि बढाउनुस् र पार्टी बलियो बनाउने तर्फ लाग्नुस् त्यसको उजित मूल्यांकन जिल्ला पार्टीले गर्नेछ ।
एमाले तीनपटन अध्यक्ष छत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यmम सम्पन्न भएको थियो ।
नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्यहरु मञ्जु दाहाल, तुक्तबहादुर पुलामी , रेखराज अधिकारी , हेमबहादुर श्रेष्ठ , देवलाल श्रेष्ठ, संकर कार्की , गोबिन्द राउत , दिपेश बराल , कोमलबहादुर खपांगी, मेनुका तिमल्सिलगायतको उपस्थिति रहेको थियो ।
बैठकले रिक्त रहेका उपाध्यक्ष सहित सदस्य पदमा मनोनीतसमेत गरेको छ । बैठकले टोलकमिटी गठन गरि फागुन २० गत्तेसम्म वडा कमिटीको बैठक राख्ने लागायतका बिभिन्न महत्वपुर्ण निर्णय गरेको पत्रकार बरुण घिमिरेले पठाएको समाचारमा उल्लेख छ ।













