एमसिसी बिरुद्ध सडकमा पुगेको नेकपा एसको दुईखाले विज्ञप्तीले मच्च्यिो खैलबैला: सरकार छाडनुभन्दा एमसीसी पारित गर्ने निश्कर्ष

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग एमसीसी राष्ट्रघाती रहेकोले संसदमा लैजानै नहुने भन्दै सवै जनसंगठनलाई सडकमा उतार्नुभयो ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीलाई हतियार बनाएर आगामी तीनै तहको चुनावमा एमालेको नाममा प्राप्त अहिलेको हैसियतअनुसार जिताउने ग्यारेण्टीसहित चुनावी गठबन्धन हुनुपर्ने प्रस्ताव अस्वीकार भएपछि एमसीसीको नाममा सडकमा कार्यकर्ता उतार्नुभयो । अध्यक्ष नेपाल र खनालले एमसीसी राष्ट्रघआलोचनात्मक चेत नराखी माधवका जनसंगठनका नेता भनिनेहरु सडकमा आगो बाल्न पुगे । तर आज तिनै कार्यकर्ताको अनुहारमा कालो पोत्दै माधव र झलनाथ एमसीसी टेबल गर्न दिनुपर्ने निश्कर्षमा पुग्नुभएको छ ।

मन्त्रीहरुले पार्टी सञ्चालनदेखि माधव र झलनाथको सवै खर्चबर्चको जिम्मा लिएपछि स्थायी कमिटीले निर्णय गर्यो, एमसीसी संझौता संसदमा टेबल हुन दिनुपर्छ, एमसीसीका कारण गठबन्धन टुटनु हुँदैन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी सो पार्टीका पाँचै जना मन्त्रीहरुले सरकार छाडने कुरा हुन नहुने भन्दै माधव र झलनाथलाई केही दिनअघि मात्रै थर्काउनु भएको थियो ।

मन्त्रीहरु एमसीसीकै पक्षमा उभिएपछि सो पार्टीले एमसीसीको कारण गठबन्धन टुटन नहुने निर्णय गरेको एक नेताले बताए । नेकपा एसका एक स्थायी कमिटी सदस्यका अनुसार बैठकमा नेपाल र खनालले सरकार छाडनु भन्दा आफूहरुले नै राष्ट्रघाती भनेको भएपनि पास गर्नुपर्ने घुमाउरो कुरा गर्नुभएको थियो भने मन्त्रीहरुले एमसीसीको पक्षमा दृढतापुवर्क उभिएर गठबन्धन भत्काउने केपी ओलीलाई जवाफ दिनुपर्ने अडान राखेका थिए ।

समाजवादीको अन्यौलग्रस्त विज्ञप्ति

शनिबार बसेको स्थायी कमिटी बैठकको निर्णयबारे नेकपा (एकीकृत समाजवादी)ले अन्यौलग्रस्त विज्ञप्ति जारी गरेको छ। यसअघि एमसीसीको विपक्षमा उभिँदै आएको समाजवादीको स्थायी कमिटी बैठकको निर्णयबारे महासचिव वेदुराम भुसाल र प्रवक्तासमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले परस्पर विरोधी विज्ञप्ति जारी गरेका हुन्।

महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा एमसीसी संसदमा टेबल गर्न तयार भएको जनाइएको छ। उनले भनेका छन्, ‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा छलफल गर्न भने तयार हुने निर्णय गरेको छ।’

त्यस्तै स्थायी कमिटी बैठकको निर्णयबारे खतिवडाले दुई वटा विज्ञप्ति जारी गरेका छन्। उनले पहिलो विज्ञप्तिमा एमसीसी अगाडि बढाउनै नहुने जनाए पनि दोस्रो विज्ञप्तिमा भने संसदको अवरोध हटेमा राजनीतिक सहमतिको आधारमा संसदमा पेश गर्न दिने कुरालाई सैद्धान्तिक रुपमा स्वीकार गरेको जनाएका छन्।

खतिवडाले जारी गरेको दोस्रो विज्ञप्तिमा महासचिव भुसालले भनेभन्दा ठीक विपरीत अर्थ दिने आशय व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘संशोधन नभएको एमसीसी कम्प्याक्ट टेबल हुने कुरा औचित्यपूर्ण नहुने र नेकपा एकीकृत समाजवादी जबरजस्ती गरेर टेबल गर्ने कुराको पक्षमा छैन।’

एमसीसीको कारण गठबन्धन टुटन दिनुहुन्न, पक्षमै उभिनुपर्छ, केपी ओलीसँग लडन यत्रो दुःख गरेर गठबन्धन बनाइयो, अहिले फेरि गठबन्धन टुट्यो भने त केपी ओली नै हिरो हुन्छन, त्यसैले अव केपी ओली हिरो बनाउने कुरा गर्नुहुन्न, एमसीसीलाई अघि बढाउनु पर्छ, गठबन्धन जोगाउनु पर्छ भन्ने शैलीमा अध्यक्ष र सम्मानित नेता प्रस्तुत हुनुभयो, ती नेताले भने, ‘हामी त टेलिभिजनमा अन्तर्वार्ता दिने उहाँहरु नै हो त ? भन्ने दुविधामा पर्यौं । हाम्रो पार्टीका नेताहरु एमसीसीकै पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भइयो ।’

स्थायी कमिटि बैठकको निर्णयबारे महासचिव भुसाल र प्रवक्ता खतिवडाले जारी गरेको विज्ञप्तिहरु