दुई दर्जन माओवादी कार्यकर्ता एमालेमा प्रवेश

कमलामाई नगरपालिका वडा नं १० मुजुरामा आज दुई दर्जन बढी माओवादी कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले वडा कमिटीद्धारा आयोजित एक कार्यक्रमका बीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

नब प्रवेशीहरुलाई एकाले केन्द्रीय सदस्य निरु दर्लामीले अविर लगाएर स्वागत गर्नुभएको हो । कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै नेतृ दर्लामीले नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रका रुपमा रहेको एमाले अहिले सबैको आर्कषणको केन्द्र बन्न सफल भएको बताउनुभयो ।

No description available.

कार्यक्रममा एमाले सिन्धुलीका जिल्ला कमिटी उपाध्यक्ष कर्ण घिसिङ, केन्द्रीय कमिटी सल्लाहकार सदस्य केशव देवकोटा, सागर कार्की, कैलाश ढुङ्गेललगायतको उपस्थिति थियो । कार्यक्रमपछि राम बहादुर थिङ्गको अध्यक्षतामा ३१ सदस्य रानिचुरि मुजुरा टोल कमिटीसमेत गठन गरिएको थियो ।

No description available.