सिन्धुली: गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने षडयन्त्र गरेको आरोप लगाउँदै बुधवार सिन्धुली सदरमुकाममा बिभिन्न वामपन्थी दलहरुले प्रदर्शन गरेकाछन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवाईमा सिन्धुलीमाढीमा बिभिन्न बामपन्थी दलहरुको साझा संयुक्त मोर्चाका नाममा एमसिसी बिरुद्ध प्रदर्शन गरेका हुन् ।
सिन्धुलीको धुराबजारबाट प्रारंभ भएको विरोध प्रर्दशन एक नम्बर र दुई नम्बर बजार परिक्रममा गर्दै लोकतान्त्रिक चौतारोमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा ढकप्रसाद देवकोटा, शसी राई, मिनवहादुर लगायतका नेताहरुले एमसिसी पारित नगर्न सरकारलाई खबरदारी गरेका थिए ।
राजेश बस्नेतबाट











