अखिल सिन्धुलीका अध्यक्ष मोक्तानलाई मातृ शोक

सुनकोशीः नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानलाई हिजो मंगलवार मातृ शोक परेको छ । ५५ वर्षीया आमा सुमामायाँ तामाङ जण्डिसको विरामी हुनुहुन्थ्यो । उहाँको धुलिखेल अस्पतालमा हिजो निधन भएको हो । उहाँको ४ छोरा र २ छोरी हुनुहुन्छ । यसैबीच नेकपा एमाले सुनकोशीका अध्यक्ष अशोक गिरीले एक एक शोक बिज्ञप्तीजारी गर्नुभएको छ । जारी विज्ञप्तीमा नेता मोक्तानको आमाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताउँदै मृतात्माको चिर शान्तिको कामनागर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष गिरीले बुधवार भोल बिहान १० बजे हुने शब यात्रामा सरिक हुन आह्वान गर्नुभएको छ । यता नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिमान कार्की, प्रदेशसभा सदस्य एवम् एमाले नेता प्रदीप कटुवाल, एमाले कमलामाई नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, एमाले तीनपाटन गाउँपालिका कमिटी अध्यक्ष छत्र दाहाल,अनेरास्ववियु जिल्ला कमिटी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुरुशोत्तम दाहाल, प्रेस चौतारी सिन्धुलीका संयोजक बुद्धकुमार आछामी, युवा संघका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज देवराज वाइवा, केन्द्रीय सदस्य अरुण लामा लगायतले मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकाछन् । सन्देश जनप्रिय साप्ताहिक परिवार विद्यार्थी नेता मुक्तानको ममतामयी माताको निधनप्रति गहिरो दुःख प्रकट गर्नुका साथै शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । धनजंग थापाबाट