राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीका संयोजक मिलन मोक्तानको अध्यक्षता एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवराज वाइबाको प्रमुख आतिथ्ययतामा रक्त दान सुरु गरिएको थियो । प्रमुख अतिथि वाइबा सहित १४ जनाले सो कार्यक्रममा रक्त दान गरे ।
रक्त दान पछि प्रतिक्रिया दिँदै वाइबाले केन्द्रीय कार्यक्रम अनुसार राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै, कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै संयोजक वाइबाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका गरे ।
‘रक्तदान जीवनदान’को मूल मन्त्रलाई शिरोपर गर्दै राष्ट्रिय युवासंघले देश भर बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले अभियान सुरु गरेको जानकारी गराउँदै उहाँले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा संघ अगाडि बढ्ने बताउनुभयो ।
रक्तदान गर्ने वव्यक्तिहरुलाई वाइबाले प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । कमलामाई नगर कमिटी अध्यक्ष महेन्द्र देव श्रेष्ठले रक्तदान गर्नेलाई जुस खुवाउनु भएको थियो । रक्तदान कार्यक्रममा नेकपा एमाले सिन्धुलीका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।