रक्षात्मक बनको कम्युनिष्ट पार्टी र संसोधनवाद

चीन, भियतनाम, उत्तर कोरिया लाओस, क्युवा र कम्बोडिया बाहेक संसारभरिनैं कम्युनिस्ट पार्टी ओरालो लागेको अबस्थामा छ । नेपालमा सशक्त बनेको कम्युनिष्ट पार्टी फुटको कारणले रक्षात्मक बनको छ । खासगरि सन् १९५३ मा स्तालिनको निधन भए पछि विश्व कम्युनिष्ट आन्दोलनमा गंभीर मतभेद र बिभाजनको प्रारम्भ भएको थियो । सोभियत संघको कम्युनिष्ट पार्टीका प्रथम सचिव सेर्गेई निकिता ख्रुस्चेभ यस विवादको मुल कारण थिए । स्तालिनको निधन पछि महासचिव बनेका ख्रुस्चेभले सन् १९५६ मा मस्कोमा भएको सोभियत संघको कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले स्तालिनलाई क्रुर, शासक, सन्की तानाशाह, हत्यारा र षडयन्त्रकारी जस्ता लान्छना लगायो । चिहानमा गाडिएको स्तालिनको सवलाई झिकेर फाँसिमा झुण्ड्याउने जस्ता निन्दनीय र घटिया काम ग¥यो । स्तालिनको उत्तराधिकारी बनेको ख्रुसचेभले आफ्नै पार्टीका महान नेता तथा महासचिव, श्रमजीवी वर्गका महान गुरु, पहिलो समाजवादी सोभियत गणराज्यहरूको संघका संस्थापक सदस्य, दोश्रो विश्वयुद्धमा हिटलरको नाजीवादी जर्मन साम्राज्यवादलाई पराजित गर्ने देशभक्तिपूर्ण युद्धका सर्बोच्च कमाण्डर र विश्व मानवताका संरक्षक कमरेड स्तालिनलाई ख्रुस्चेभको संसोधनवादी डफ्फाले घोर अपमान र तिरस्कार ग¥यो ।
यस घटनाको संसारभरिका क्रान्तिकारी कम्युनिष्ट पार्टी र मजदुर संगठनले चर्को विरोध र असहमति जाहेर ग¥यो । यसै घटनाले विश्व कम्युनिस्ट आन्दोलनको एकताबद्ध समाजवादी सिविरमा चरम फुट र विभाजन पैदा ग¥यो । त्यसपछि विश्व कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको नेताको रुपमा क.माओत्सेतुङले खुस्चेभी संसोधनवादको विरुद्ध महाविवादमा कम्युनिष्ट पार्टीको क्रान्तिकारी धाराको रक्षा र विकास गर्नुभयो । ख्रुश्चेभले कम्युनिष्ट आन्दोलन भित्र छिरेका संसोधनवादी र गद्दार अवसरवादी पिछलग्गुहरुको जमात खडा ग¥यो । जसले अहिलेसम्म पनि कम्युनिस्ट पार्टीको नाममा संसोधनवादी अवसरवादी सम्प्रदायको राजनीति जारी राखेको छ ।
यसले माक्र्सवादी दर्शनमा अनेक किसिमका तोडमोड गरेर पनि आफुलाई कम्युनिष्ट भन्न छोड्दैन । यसले वर्गीय पक्षधरताको विरोधमा सम्पूर्ण जनताको पार्टी र सम्पूर्ण जनताको राज्यको सिद्वान्तको वकालत गर्छ । यसले राजनीतिमा कोहि पनि स्थायी शत्रु हुदैनन् भन्ने मान्यता राख्ने गर्दछ । यसले वर्ग संघर्षको सिद्वान्तको विरोधमा चुनावमा प्रतिस्पर्धा र शान्तिपूर्ण सहअस्तित्वको वकालत गर्नु यसको मुल विशेषता हो । यसले पुरानो राज्यसत्ताको बल प्रयोगद्धारा उन्मुलनको बिरोध गर्दछ । यसले क्रमिक विकास र पुरानो राज्यसत्ताको सदुपयोग द्वारा समाजवाद र साम्यवाद स्वतः आउने स्वस्फूर्तताको सिद्वान्तलाई समर्थन गर्छ ।
राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणको ठोस उदेश्य बिनाको राजनीतिले यसलाई अन्ततः प्रतिकृयावाद र निरंकुशतावादको बाटो अंगाल्ने गर्छ । माक्र्स एंगेल्सका समकालीन लासाल, प्रुधो, लेनिनका समकालीन बर्नस्टिन, बाकुनिन, कार्ल काटस्की, र माओका समकालिन ख्रुश्चेभ, ब्रेझ्नेभहरु संसोधनवादका मुख्य नेताहरु हुन् । जसले माक्र्सवादी दर्शनको अडेसोमा संसोधनवादी विचारधाराको संगठित अभियान चलाएर माक्र्सवादी कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाएका थिए ।
ख्रुस्चेभको संसोधनवादी विचार र राजनीतीलाई जस्ताको त्यस्तै राखेर कम्युनिस्ट पार्टी र समाजवादको पुनः संरचना र खुलापन (ग्लासनोस्त र पेरेस्त्रोइका) लागू गर्न खोज्दा अन्ततः मिखाइल गोर्भाचोभ पार्टी महासचिव र राष्ट्रपती भएको समयमा पहिलो समाजवादी सोभियत संघको विघटनसँगै १५ टुक्रामा बिभाजन भयो । सोभियत संघको पछि लाग्ने प्राय देश र पार्टीहरु भित्र फैलिएको संसोधनवाद अन्ततः खुलमखुल्ला विसर्जनवाद दक्षिणपन्थी अवसरवादमा समाप्त भयो । यसरी हेर्दा कम्युनिस्ट आन्दोलनको संगठनसँग जोडिएर आउने संसोधनवादी धारको सुरुवातमा खास कुनै मूर्त र छुट्टै दर्शन, विचारधारा र सिद्वान्त हुँदैन । यो कम्युनिस्ट पार्टी भित्रै देखा पर्ने पुरानो निम्न पुँजीवादी उत्पादन सम्बन्धको परिणाम हुने गर्छ । प्रतिक्रियावादी आर्थिक सामाजिक उत्पादन सम्बन्ध भएको व्यवस्था विरुद्व संघर्षरत कम्युनिस्ट पार्टीमा पसेर आकार ग्रहण गरेको छद्म अवसरवाद नैं संसोधनवादको मुहान हो । पुँजीवादको प्रतिरुप बनेको संसोधनवाद कोरोना भाईरस भन्दा घातक र संक्रामक हुन्छ । कोरोना भन्दा हजार गुणा छिटो र जताततै फैलिन सक्छ । यसले सन् १९९० को दशकमा रुस, पूर्वी युरोप लगायतका समाजवादी देश र त्यहाँका कम्युनिष्ट पार्टीहरूलाई सखाप पारेको थियो ।
यसको मुख्य कारण कम्युनिस्ट पार्टी र त्यसको सिद्वान्तमा विकसित भएको संसोधनवादनैं प्रमुख कारण थियो । जसले विश्व कम्युनिस्ट आन्दोलनलाई रक्षात्मक अबस्थामा धकेल्यो , त्यो विभाजन अहिलेसम्म जारी छ । साँगठानिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई पराजित नगरि कम्युनिस्ट आन्दोलनले कुनै पनि देशमा विजय प्राप्त गर्न सक्दैन ।

(लेखकः नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य हुन् ।)