युवा संघले बनायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् ।

युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना भएको थियो । उक्त वैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र विशेष सर्कुलर जारी गरेका छन् ।

सर्कुलरमा उल्लेख भए अनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णयसमेत भएको छ । परिषदमा २० प्रतिशत मनोनित हुन्छ । यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने उल्लेछ ।

हेर्नुस सर्कुलर :

May be an image of text
No photo description available.
No photo description available.
May be an image of text