रिलिफ नेपाल सिन्धुलीले बिहीबार सिन्धुली अस्पताललाई सिटामोल सहयोग गरेको छ । बजारमा सिटामोलको अभाव देखिएपछि रिलिफ नेपालले सिन्धुली अस्पताललाई १५ हजार ट्याब्लेट सिटामोल सहयोग गरेको हो । अस्पताल परिसरमा रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई सिटामोल हस्तान्तरण गर्नु भएको थियो ।
कोरोना संक्रमण बढ्दै जाँदा ज्वरो आउने विरामीको संख्या पनि बढ्दो छ । यस्तो महामारीका बेला बजारमा सिटामोलको अभाव देखिएको छ ।
सिन्धुलीमा बिरामीका लागि सिटामोल अभाव नहोस भन्ने उद्देश्यले रिलिफ नेपालले अस्पताललाई १५ हजार सिटामोल उपलव्ध गराइएको अध्यक्ष पौडेलले जानकारी दिए ।
रिलिफ नेपालले यसअघि पनि कोरोनाको संकटका बेला अक्सिजन अभाव हुन नदिन तत्काल अक्सिजन सिलिण्डर उपलव्ध गराएको थियो ।