
पछिल्लो २४ घण्टामा सिन्धुलीमा आज १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १६ पुरुष र ३ महिला गरि १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार ३७ जनाको स्वाब सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
४७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा कोहिपनि नरहेको कार्यालयले जानकारी दिएको छ ।










