नेकपा(एमाले) सिन्धुलीकाे साताै अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी हुने ५ जना सदस्यहरु

नेकपा(एमाले) सिन्धुलीकाे साताै अधिवेशन निर्वाचनमा खुल्ला सदस्यकाे लागि भएकाे निर्वाचनमा ५३ सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा ५ जना सदस्यहरु रहेको देखिएको छ ।

रेडक्रस सिन्धुलीका सभापति समेत रहेका अशाेक श्रेष्ठ पहिलाे बनेका छन । उनले ९०३ मतमा ५६८ मत प्राप्त गरेका छन् । । त्यस्तै दाेश्राे मत प्राप्त गर्नेमा फिक्कल गाउँपालिका वडा नं.-५ का वडा अध्यक्ष समेत रहेका राजु बराल रहेका छन उनले ५३६ मत प्राप्त गरेका छन् । । तेश्राे मत प्राप्त गर्नेमा युवा संघका जिल्ला अध्यक्ष देवराज वाईवा रहेका छन उनले ५३० मत प्राप्त गरेका छन् । ।

त्यस्तै चाैथाे स्थानमा बिधार्थि नेता गाेर्कर्ण भुजेल छन उनले ४८२ मत प्राप्त गरेका छन भने पाँचाै स्थानमा प्रेस चाैतारी सिन्धुलीका संयाेजक बुद्वकुमार आछामी रहेका छन् । । उनले ४७२ मत प्राप्त गरेका छन् । अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयनकाे प्रक्रियालाई अगाडि बढाईएकाे थियाे । निर्वाचनमा अधिकाश युवाहरू अगाडि आएका छन् ।