एमालेलाई स्पष्ट बहुमत दिलाउन एकढिक्का हुनुपर्नेमा पोलिटव्युरो सदस्य कमल चौलागाईको जोड

नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल चौलागाईले देशमा विदेशी हस्तक्षेप बढेको बताउँदै राष्ट्रियताको आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोक्ने बताए । उनले विगतमा पनि राष्ट्रवादी आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोकेको बताउँदै आगामी दिनमा पनि उक्त झण्डा एमालेले नै बोक्ने बताए ।

शुक्रबार नेकपा एमालेको सातौं सिन्धुलीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै चौलागाईंले राष्ट्रियताको अडानमा तत्कालिन नेकपा नेतृत्वको सरकार रहेकाले अन्तर्राष्ट्रिय हस्तक्षेपबाट सरकार ढालिएको स्मरण गरे ।

May be an image of 8 people and people standing

उनले विदेशी हस्तक्षेपका कारण नेकपा फुटेको बताए । उनले देशमा अर्थतन्त्र सुधार नभएको र वैदेशिक हस्तक्षेप बढेको बताउँदै यसलाई निर्मुल गर्न एमाले सरकारमा जान आवश्यक रहेको बताए ।
चौलागाईले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र समाजबादसम्म पुग्ने एमालेको कार्यनीति रहेको बताए । लोकतन्त्रप्रतिको प्रतिवद्धता, संविधानको कार्यान्वयन र संमृद्ध नेपाल निर्माणको अभियानमा एमाले प्रतिवद्ध रहेको पनि उनले बताए

उनले पार्टीमा विभाजन र तिक्तता कम गर्न सर्वसम्मत नेतृत्व चयनको आवश्यकता रहेको बताउँदै एकतावद्ध एमालेको अभ्यास गर्दै आगामी दिनमा एमालेलाई स्पष्ट बहुमत दिलाउन एमाले एकढिक्का हुनुपर्नेमा जोड दिए ।

May be an image of 2 people, people sitting and people standing

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश कुमार पहाडीले संमृद्ध नेपाल निर्माण गर्ने र समाजवाद निर्माण गर्ने अविभारा पुरा गर्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका छन । उनले अब आउने नेतृत्व पश्चगामी षडयन्त्र विरुद्ध लाग्न सक्ने, पार्टी एकतालाई बलियो बनाउने र आगामी निर्वाचनमा एमालेलाई पहिलो दलका रुपमा स्थापित गर्ने चुनौती रहेको बताए । नेकपाको निरन्तरताका रुपमा पार्टीलाई विकास गर्नु र नयाँ कार्ययोजना, कार्यदिशा तय गर्न नेकपा एमालेलाई चुनौती रहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले एकतावद्ध एमालेको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए । त्यस्तै कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सहितको समावेशी नेतृत्व चयन गर्न, एमाले विरुद्ध भएको चौतर्फी घेराबन्दी तोड्न एकतावद्ध हुन, नेपाली जनताको भरोसा युक्त नेतृत्व तयार गर्न आग्रह गरेका छन ।

May be an image of one or more people, people sitting and people standing

अधिवेशनलाई एकताको सन्देशका रुपमा अगाडी बढाउन र संमृद्ध नेपाल, सुखी नेपालीको नारालाई व्यवहारमा प्रभावकारी बनाउन बक्ताहरुको आग्रह थियो । नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, उमादेवी कोईराला, कमलजंग राई, मनोजजंग थापा, निरु कुमारी दर्लामी कुँवर, सुवास देवकोटा, नेकपा एमाले अनुशासन आयोगका सदस्य रणकुमारी बलम्पाकी, प्रदेश सदस्यहरु खड्ग खत्री, गणेश बुढाथोकी, एमालेका पूर्व केन्द्रीय सल्लाहकार केशव देवकोटा, पूर्व सांसद शंकरनाथ शर्मा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जल बराल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागिलाई एमाले जिल्ला उपाध्यक्ष प्रलाद पोखरेलले स्वागत गरेका थिए ।

May be an image of 4 people, people standing and flower