एमाले सिन्धुलीको सातौं जिल्ला अधिवेशनमा ९ सय १५ प्रतिनिधीले भाग लिने, कतै चन्दा नमागिने, १३ लाख खर्च हुने जानकारी

नेकपा एमाले सिन्धुलीको सातौं जिल्ला अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागि हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । नौ वटा स्थानीय तह बाट ६ सय २४ जना, जनसंगठन र २१ वटा जनवर्गिय संगठन एवम् सल्लाहकार परिषदबाट १ सय ६९ जना, आयोजक कमिटीबाट ७८ जना, एमाले जिल्ला समितिले मनोनित गरेका ४४ जना प्रतिनिधिसहित ९१५ जना प्रतिनिधी अधिवेशनमा सहभागि हुने पार्टीका प्रचार विभाग प्रमुख प्रल्हाद पोखरेलले जानकारी दिएका छन् । त्यसैगरी
उल्लेख्य महिला सहभागिता हुने नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
त्यसैगरी पोखरेलले अधिवेशनको तयारी पुरा भएको बताएका छन । उनले अधिवेशनमा १३ लाख खर्च लाग्ने अनुमान गरिएको बताए । अधिवेशनको लागि १३ वटा उपसमितिहरु बनाई कामको जिम्मा दिईएको थियो । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल चौलागाईले गर्ने पोखरेलले बताए । अधिवेशनमा महिला प्रतिनिधि र जिल्ला नेतृत्वमा महिलाको उल्लेख्य सहभागिता हुने पत्रकार सम्मेलन मार्फत जनाईएको हो । नेकपा एमाले सिन्धुलीको हालसम्मकै इतिहासलाई तोड्दै उल्लेख्य महिलालाई नेतृत्वमा ल्याउन थालिएको नेकपा एमाले सातौं महाधिवेशन प्रचार प्रसार उपसमितिले विहिबार पत्रकार सम्मेलन मार्फत जनाएको छ । यहि पुस २३ र २४ गते सिन्धुलीमाढीमा सम्पन्न हुने जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा प्रचार प्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै उक्त कुरा जनाएको हो ।
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार प्रसार उपसमितिका संयोजक प्रलाद पोखरेलका अनुसार जिल्ला अधिवेशनमा ३३ प्रतिशत भन्दा बढी महिलाहरु अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागि हुनेछन भने कम्तिमा ३३ प्रतिशत महिला अधिवेशनमा निर्वाचित हुने छन् । एकसय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुने अधिवेशनमा कम्तिमा ३३ प्रतिशत अर्थात ३५ जना महिला निर्वाचित हुने संयोजक पोखरेलले बताए ।

Open photo

जिल्ला अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना र उपसचिव २ जना गरि ५ जना पदाधिकारीका लागि निर्वाचन हुने छ । अधिवेशनमा निर्वाचित हुने सदस्यहरुका लागि एमालेले क्लष्टर छुट्याएको छ । अधिवेशनबाट एकसय जना सदस्यहरु क्लष्टर अनुसार निर्वाचित हुने छन । एमाले सिन्धुलीले समावेशी नेतृत्व चयनका लागि क्लष्टर निर्माण गरेको हो । उनले पदाधिकारी तथा सदस्यहरुका आकांक्षी धेरै भएको बताउँदै समावेशी, सक्षम नेतृत्व चयनका साथै विचार निर्माण गर्न सक्ने जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्न प्रयास हुने समेत बताएका छन ।

Open photo
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य कमलजंग राई र जिल्ला अध्यक्ष प्रदीप कटुवाल । फोटोः प्रदेशखबर
Open photo
जिल्ला अधिवेशनको अघिल्लो दिन झण्डाको तयारीगर्दै युवाहरु । फोटोः प्रदेशखबर
Open photo