स्थानीय सरकारले नउठाएपछि कृषि क्याम्पसका विद्यार्थीहरुले फोहोर उठाए

फोहोर गर्ने स्थानीय वासिन्दा र ,सरसफाइ गर्ने बाहिरी जिल्लाबाट अध्यनमा आएका विद्यार्थी गाउँरु भन्दा पत्यार नलाग्न सक्छ । तर आज बिहानैं मरिण गाउँपालिका वडा नं. ६ को मुख्य बजारमा दुर्गन्धित हुनेगरी फालिएका फोहरहरु स्थानीय वासिन्दा र स्थानीय सरकारले नउठाएपछि प्राकृतिक श्रोत ब्यबस्थापन कलेज (कृषि क्याम्पस) मा अध्ययन गर्न बाहिरी जिल्लाबाट आएका बिद्यार्थीहरुले आज विहान उठाएका छन् ।

No description available.

स्थानीय वासिन्दाले पटक पटक वडाध्यक्ष कुर्साङ लामालाई पटक पटक फोहोर व्यवस्थापन गर्न अनुरोध गर्दा सुनुवाई नभएपछि दुर्गन्ध फैलिएका कारण कलेजका विद्यार्थीहरुले सरसफाई गरेका हुन् ।
मरिण गाउपालिका वडा नम्बर ६ को मुख्य बजार गाउपालिकाबाट ३ सय र वडा कार्यालयबाट १ सय मिटर भित्रको दुरीमा छ र यही भगवती खोलाको किनारको बाटो हुँदै मरिण गाउपालिकाको प्रसासनिक पुगिन्छ । यहि बाटो भएर सरकार प्रमुख र प्रसासन प्रमुख आउने जाने गर्नुहुन्छ तर खोलामा फ्याकिएको फोहोरको डङुरमा उहाँहरुको कहिल्यै आँखा लागेन, एक स्थानीयले भने ।

No description available.

हामीले वडाध्यक्ष लामालाई लगेर फोहोर को थुप्रै मै उभ्यायौ तर देख्नु भएन, एक स्थानीयले गुनासो पोख्दै भने । तर देखे त केवल प्राकृतिक श्रोत ब्यबस्थापन कलेज कृषि क्याम्पसका विद्यार्थीहरुले ।

बासु मैनाली कपिलकोटबाट