राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले सिन्धुलीका युवाहरुलाई सामाजिक परिवर्तनको नेतृत्व गर्न अपील आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीद्धारा आयोजित सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष पौडेलले सो आग्रह गर्नुभएको छ । उहाँले युवाहरुलाई जनताको मन जित्नेगरी सामाजिक काममा लाग्न र पार्टीलाई समुदाय स्तरमा स्थापित गराउने भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो । उहाँले इमान्दारिता र जनताले विश्वास गर्ने पार्टी नेकपा एमाले रहेको बताउनुभयो । छल,कपट र झुटको खेति गरेर जनतालाई भ्रममा राखिएकाले अब चाँडैनै आफ्नो पार्टी खोज्दै जनता एमालेमा आउने बताउनुभयो ।
उहाँले नेपाली युवाहरुको संवाहक संगठनका रुपमा युवा संघले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पिडलाई पक्डेर युवाहरु अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा एकालेका अर्का केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघका सह इन्चार्ज संजीव झा, केन्द्रीय सदस्य एवम् बन तथा वातावरण विभाग इन्चार्ज विषमलाल अधिकारी, एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् युथफोर्स विभाग उपाध्यक्ष पुष्प श्रेष्ठ, वाग्मती प्रदेश कमिटी इन्चार्ज अनिल लामा, एमाले नेता केवश देवकोटालगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

No description available.
कार्यक्रमको हलमा नअटेपछि सैयौं कार्यकर्ता कमलामाई पार्टीप्यालेसको बाहिर बसिरहेका थिए । फोटोः प्रदेशखबर

युवासंघ सिन्धुलीका अध्यक्ष देवराज वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पोखरेलले उपाध्यक्ष मिजास कार्की, सचिव धनवहादुर माझी, कोषाध्यक्ष छवि पाख्रिनलगायतका जिल्ला नेताहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
यस अगाडि सदरमुकाम सिन्धुलीमाढीमा राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका कार्यकर्ताहरुले ¥याली निकालेका थिए । ¥यालीमा युवा संघका एक हजारभन्दा बढी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

No description available.
No description available.
No description available.
May be an image of 2 people, people standing and indoor
May be an image of one or more people, people sitting, people standing and indoor
May be an image of 9 people, people standing and indoor