नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । पुस ४ गते बसेको बैठकले यहि पौष २३ गर्ते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले गरेका निर्णयहरु सर्कुलर मार्फत जारी गर्दै निर्णयको कार्यान्वयन गर्न जिल्ला अध्यक्ष प्रदिप कटुवालले निर्देशन दिनु भएको छ ।
प्रतिनिधि व्यवस्थापन सम्बन्धमा वडालाई भुगोल क्षेत्र मानि वडाबाट प्रतिनिधित्व हुने (१–५० बराबर) ७९ बटै वडाबाट ३ जना ३ जना मध्य एक महिला अनिवार्य थप, संगठित सदस्य ५० बराबर १ प्रतिनिधि, छनौट भएका प्रतिनिधिमा ३३% प्रतिशत अनिवार्य महिलाहरुको प्रतिनिधित्व हुने गरि पौष २० गते भित्र प्रतिनिधिहरुको रेकड र प्रतिनिधिको फोटो, प्रतिनिधि शुल्क १०००।– (एक हजार रुपैंया) का दरले पार्टी कार्यालयमा बुझाउने निर्णय गरेको जिल्ला अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
बैठकले जनसंगठनहरुको प्रतिनिधिको सम्बन्धमा नेपाल राष्ट्रिय युवा संघबाट १५ जना, अनेरास्ववियुबाट १५ जना, नेपाल राष्ट्रिय शिक्षक संगठनबाट १० जना, सिन्धुली–काठमाण्डौ सम्पर्क मंचबाट १० जना, मजदुरबटाट ५ जना, अखिल नेपाल महिला संघ बाट १५ जना, अखिल नेपाल किसान संघबाट ५ जना, बुद्धिजीविबाट ५ जना, प्रेस चौतारी सिन्धुलीबाट ५ जना, पेसागत महासंघ सिन्धुलीबाट ५ जना, कानुन व्यवसायिबाट २ जना, उत्पीडित जातीय मुक्ती समाजबाट ५ जना, लोकत्रान्त्रीक जनजाती महासंघ बाट १० जना, खेलकुद महासंघबाट ५ जना, उद्योग व्यवसायि महासंघ सिन्धुलीबाट ५ जना, सल्लाहकारबाट १० जना, इन्जिनियरिङ्ग एसोसिएसनबाट ५ जना, निजामती कर्मचारी संगठनबाट ५ जना र जनसांस्कृतिक महासंघबाट ५ जना प्रतिनिधि हुने निर्णय गरेको छ ।
जिल्ला अधिवेस भव्यताको साथ सम्पन्न गर्नको लागि निम्न अनुसारको उप–समितिहरु बनाईएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । प्रदिप कटुवाल राजनितिक सांगठानिक र आर्थिक प्रतिवेदन लेखन तयारी उप–समिति, महेन्द्र देव श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप–समिति, प्रदिप कटुवालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप–समिति ः शंकर बरालको संयोजकत्वमा मञ्च व्यवस्थापन उप–समिति, प्रलाद पोख्रेलको संयोजकत्वमा प्रचार प्रसार उप–समिति, शान्तिमान कार्कीको संयोजकत्वमा जनपरिचालन उप समिति, कुमार बहादुर कार्कीको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन उप–समिति, कर्ण घिसिङको संयोजकत्वमा अथिति सत्कार उप–समिति, केशर बहादुर नेपालीको संयोजकत्वमा स्वयमसेवक उप–समिति निर्माण गरिएको छ ।
सर्कुलरमा सपथ ग्रहण प्रत्यक वडा कमिटिले आ–आफ्नो वडाको संगठीत सदस्य शुल्क बुझाउन बाँकी रहेका सदस्यहरुको शुल्क लिई, पार्टी कार्यालयमा आई एकिन रेकर्ड लगि प्रतिनिधि छनौट कै दिन सवै संगठित सदस्यहरुलाई पौष १७ गतेका दिन वडा वडामा सपथ ग्रहण गराउन र प्रतिनिधि छनौट गर्न निर्देशन दिईएको छ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।











