नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ ।
देउवाले पहिलो चरणमै सभापति जित्ने योजनाका साथ सवै शक्ति प्रयोग गर्दासमेत ८२ मत नपुरेर डा. शेखर कोइरालासँग पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि प्रचण्ड र माधवव तनावमा पर्नुभएको हो । निकट स्रोतका अनुसार दुवै नेताले तपाईको बहुमत किन आउन नसकेको भन्दै प्रधानमन्त्री देउवालाई टेलिफोन गर्नुका साथै आफ्नो तर्फबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रभावित पार्ने भन्दै हारे बर्वाद हुने चिन्ता जनाउनु भएको छ ।
सामाजिक सञ्जालमा पनि प्रचण्ड र माधवका नेता कार्यकर्ताहरु देउवाको बहुमत नपुगेकोमा खिन्नतासहित पुनः निर्वाचनमा जित्ने बताउँदै देउवाको प्रचारमा उत्रिएका छन । कांग्रेसमा देउवाबिरोधी समुह सवै मिले उहाँलाई हराउन सकिने भए पनि प्रकाशमान सिंह र बिमलेन्द्र निधिले के निर्णय गर्छन त्यो नै निर्णायक हुनेछ ।











