नेपाली कांग्रेसकोमतगणना जारी:३१८१ मतगणनामा देउवा र कोइरालाबीच ३२८ मतको फरक

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । ३१८१ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १५०६ मत पाएका छन् भने शेखर कोइरालाले ११७८ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २५४ र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १५ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।