सिन्धुलीमाढीमा संघिय संसद् प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले आयोजना गरेको अन्तरक्रिया गरेको छ । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा भएका समस्याहरूका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।
छलफलमा सहभागीहरूले आफूहरूलाई पेलेर र झुक्क्याएर सडक विस्तार गर्ने कार्य प्रति आपत्ति जनाएका छन् । छत्र बमजनले विगतमा सडक निर्माण कार्य जनताले नभई आयोजनाले नै रोकेको बताउनुभयो । उहाँले घर र जग्गाको मुआब्जा दिएर राजमार्ग विस्तार गर्दा अवरोध सिर्जना नगर्ने बताउनुभयो ।

अहिले ११ मिटरको सडक सडक विस्तार गर्ने, तर सडकसँग जोडिएका जग्गामा नगरपालिकाले घर बनाउन नक्सा पास नगर्ने, बैकले धितो नराख्ने र किनबेच नहुने भएकाले राजमार्गको नम्स अनुसार नै सडक विस्तर गर्न आग्रह गर्नुभयो । हामी विकास हुन दिन्छौ, विकास विरोधी हैनौँ तर हामीलाई हाम्रो घर र जग्गाको उचित मुआब्जा चाहिन्छ उहाँले भन्नुभयो ।
यस्तै सविता कोइरालाले सडक विस्तार गर्दा मुआब्जा दिनु पर्दछ भनेर प्रभावित क्षेत्रको जग्गाको मुल्याङकन पनि नबढाइएको प्रति आपत्ति जनाउनुभयो । घर टहरासङै किसानको बषौंको मेहनतले हुर्किएका फलफूलका बिरुवा काटिदा उचित मुआब्जा दिनु पर्ने उहाँको भनाई छ । ११ मिटर मात्र भनेर नहुने बाँकी रहेको जग्गाको मुल्याङकन्, किन बेच, धितो र नगरपालिकाले घर बनाउन नक्सा दिने लिखित प्रतिबद्धता भए मात्र सडक विस्तारले गति लिने बताउनुभयो ।
कार्यक्रममा संघिय संसद गणेश पहाडी, बागमती प्रदेश सभा सदस्य प्रदीप कटुवाल, विनोद खड्का, कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री, नेकपा एमाले कमलामाई नगर संगठन अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाल काँग्रेसका दीपक मिश्र, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सूर्य पाख्रिनले राजमार्ग निर्माणमा अन्यौलता हटाउनु पर्ने बताएका थिए ।
मदन भण्डारी लोकमार्गको हेटौडा देखी सिन्धुलीमाढी सम्म ११५ किलोमिटर मध्ये कमलामाई नगरपालिका क्षेत्रमा ६ किलोमिटर सडक विस्तारमा बर्षौ देखी विवाद कायमै रहदै आएको छ । धुरा बजार देखी खट्टार सम्मको सडक निमार्ण कार्य सुरु हुन सकेको थिएन् ।











