जिल्लाका ग्रामिण इलाकाहरुमा गैर कानूनी रुपमा औषधीपसलहरु सञ्चालन भएको छ । प्राप्त बिबरण अनुसार सिन्धुलीका ९ वटै स्थानीय तहका ग्रामिण इलाकाहरुमा सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको हो ।
जनताका जीवनसँग प्रत्यक्ष जोडिएको औषधी व्यवसाय सञ्चालनका लागि औषधी व्यवस्था बिभागले तोकेको न्यूनतम् मापदण्डहरु कार्यान्वयन नगरी सञ्चालनमा आए पनि नियमनकारी निकायको मौनताले जोखिम बढाएको स्थानीयको गुनासो बढ्न थालेको छ ।
सिन्धुली जिल्लाको फिक्कल, सुनकोशी, गोलन्जोर, ध्यांगलेख, हरिहरपुरगढी, मरिण, तीनपाटन, कमलामाई र दुधौली नगरपालिकामा बिना इजाजत मेडिकल सञ्चालनमा आइरहेको पाइएको छ । केही मेडिकलहरुले इर्ने भएपनि अन्य व्यक्तिलेनैं बेचविखन गरिरहेको देखिएको छ । सिन्धुली जिल्ला सदरमुकाममा ८ वटा मेडिकलले मात्रै औषधी व्यवस्था विभागबाट इजाजत लिएको र लिएका मध्ये पनि मेडिकलमा अन्य व्यक्तिलाई काममा राखेर औषधी बिक्री बितरण गरिरहेको पाइएको छ । एक औषधी व्यवसायी भन्छन्ः कानून अनुसार त फार्मेसीमा अन्य मानिसले औषधी बिक्री बितरण गर्ने मिल्दैन, तर सिन्धुलीमा अहिलेसम्म मिलिरहेको छ ।
औषधी विक्री बितरण गर्नका लागि फर्मासिस्टनैं हुनुपर्ने कानूनी प्रावधानलाई लत्याउँदै औषधी व्यवसायीहरुले आफ्नो कामलाई निरन्तर अगाडि बढाइरह ेपनि स्थानीय प्रशासन बेखबरझैं बनिरहेको छ । यसरी बिना इजाजत सञ्चालन भएका औषधी पसलबाट उनीहरु आफैंले चिकित्सकको प्रस्किप्सन बिना विरामीहरुलाई हचुवाका भरमा औषधी भिडाउँदै आएको मरिण गाउँपालिकाको कपिलाकोट स्थित छापका एक स्थानीयले सन्देश जनप्रियलाई बताए । उनीहरुका अनुसार गाउँबाट विरामी भएर मेडिकलमा आएकाहरुलाई डाक्टरले सहर फिस लिने र आफैंले औषधी दिएर पठाउने गरेपछि त्यस क्षेत्रमा अबैध मेडिकलरु सञ्चालनमा आएको पाइएको हो । मरिण गाउँपालिकामा मात्रै होइन, सदरकुमामैं रहेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा रहेका मेडिकmहरु पनि बिना दर्ता सञ्चालनमा छन् ।
तीनपाटन गाउँपालिका २ मा रहेको एक ओलिक्नििकले तीन महिना अगाडि लापरवाह िपूर्ण उपचार गरेकै कारणले एक वालिकाको अकालमा ज्यान गएको थियो । पछि उक्त घटनालाई ढाकछोपगर्दै मृतकको परिवारलाई ५ लाख दिएर मिलाइएको थियो ।
सुनकोशी, दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनि त्यस्ता अबैध मेडिकलहरु सञ्चालनमा आएको र सिएमए र अनमी अध्ययन गरेकाहरुले पनि गाउँमा त्यही पेशालाई अँगाल्दा थप समस्याहरु उत्पन्न भएको छ । अझ विषेशगरी गाउँमा हरेका स्वास्थ्य केन्द्रमा काम गरिरहेका अनमी र सिएमए कार्यकर्ताहरुले अन्य व्यक्तिको इजाजत प्रयोग गरेर मेडिकल सञ्चालन गरिरहेको र उनीहरुले प्रयोग गरेको काजगतका मालिकलाई खोजी गर्दा उनी कहिल्यै पनि त्यहाँ नआएको तथ्य पनि खुलेका छन् ।
त्यती मात्रै होइन सदरमुकाममा सञ्चालित प्याथोलोजी र पोली क्लिनिकहरुको पनि अबस्था मेडिकल सञ्चालकहरुको भन्दा पृथक नरहेको बताइन्छ । तर केही पोलिक्लिनिकले भने आफैंले एमबिबिएस डाक्टर राखेर काम गरिरहेकाछन् ।