एमालेको दशौं महाधिवेशन र आगामी अठोट

नेकपा एमाले आफैंमा माक्र्सवादी लेनिनवादी नीति सिद्धान्त बोकेर हिंडेको पार्टी हो । यो पार्टीको १० औं महाधिवेशनमा विश्व समुदायको ध्यान आकर्षित हुँदैछ । ६५ देशका प्रतिनिधीहरुले भाग लिने यस अधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनको भाग्य र भविश्यको बाटोसमेत कोर्ने भएकाले यसलाई सबैले अत्यन्त रुचिका साथ नियालीरहेका छन् । माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादमा टेकेर समाजको आधार बनाउने जुन अठोट एमालेले लिएको छ त्यसले यो पार्टी नेपालका कम्युनिष्ट पार्टीको मुल प्रवाहका रुपमा स्थापित भएको कुरा अब कहींकतैबाट पनि छिपेको छैन ।
माक्र्सवादलाई प्रयोग गर्ने सन्दर्भमा संसारका आ आफ्नै तौर तरिका र शैलिहरु छन् । नेपालको सन्दर्भमा बुहदलीय जनवादको जगमा टेकेर प्रतिस्पर्धा मार्फत श्रेष्ठता हाँसिल गर्ने जुन उदेश्य छ त्यसै मार्फत समाजवादहुँदै साम्यवादसम्म पुग्ने जुन लक्ष्य यस पार्टीले बोकेको छ, त्यसको दिशाबाट नेकपा एमाले अगाडि बढेको छ । र नेपालको सन्दर्भमा जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त सही छ भन्ने कुरा नेपाली कम्युनिष्ट आन्दोलनमा प्रमाणित भइसकेको छ । त्यसैगरी अर्को तर्फ नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अबसरवाद जर्वजस्त रुपमा रहेको छ । कमरेड माधव नेपालले अहिले लिएको राजनैतिक लाइन र सिंगो नेकपा विभाजन पनि त्यसकै कारण थियो । नेपालमा साना बामपन्थी घटकहरु पनि छन् । उनीहरुले आफुलाई जे सुकै भने पनि अब नेपालका बामपन्थी कम्युनिष्ट पार्टीहरुले नेकपा एमालेले बोकेर हिंडेको बहुदलीय जनवादको १४ विषेशतासहितको नीति तथा सिद्धान्तलाई नैं सबैले पछ्याउनु पर्ने र त्यसको बाटोबाट हिंड्नु पर्ने स्थिति बनिरहेको छ । यसले पनि के देखाउँछ भने अब नेपालमा धेरै नामका कम्युनिष्ट पार्टीहरु रहँदैनन् र उनीहरु एमालेमा समाहित हुनुको बिकल्प छैन किनकी नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा नेकपा एमाले स्थापित भएको छ ।
केही समय अगाडि सम्पन्न पार्टीको विधान अधिवेशनले जुन बैचारिक लाइन पास गरेको छ, जुन सांगठनिक संरचना निर्माणको खाका बनाएको छ र त्यसै जगमा उभिएर नेकपा एमालेको दशौं महाधिवेशन हुँदैछ । नेकपा एमालेले जे बोल्छ, त्यो व्यवहारत प्रमाणित गरेर देखाउँछ भन्ने कुरा आम नागरिकले विश्व समुदायले थाहा पाइसकेका छन् । एमालेको नीति र सिद्धान्तलाई हामीले व्यवहारमा प्रयोग गरेका छौें । जहाँ समस्या छ, त्यहाँ नेकपा एमाले छ भन्ने तथ्यलाई हामीले स्थापित गरिसकेका छों । रोग, भोक, अशिक्षा जस्ता जनताका समस्याहरुसँग एमाले साथ साथै छ । अहिलेको १० औं महाधिवेशन भनेको एकताको अधिवेशन पनि हो । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन भएपनि नेकपामा आवद्ध हुनुभएका वा जोडिनुभएका हजारौं नेता कार्यकर्ताहरु अहिले पनि एमालेमैं हुनुहुन्छ । अध्यक्ष कमरेड केपी ओलीले लिएको अडान र विचार सहीछ, यसैबाट मात्रै नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ भनेर लाग्ने हजारौं नेता कार्यकर्ताहरुरहेको नेकपाकै निरन्तरताको एमाले भएकाले अहिलेको महाधिवेशनलाई सबैले चासोका साथ हेरिरहेका छन् । उनीहरुले एमालेले कसरी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्छ र सबैलाई कसरी अटाउँछ भन्नेहरु छन् । यी सबै चासोलाई अत्यन्त सहजताका साथ अध्यक्ष ओलीले सबैलाई चकित बनाउनेगरी नेतृत्व चयन गरेर लैजानुहुनेछ । लार्खाैं मानिसहरु एमालेको महाधिवेशनमा सरिक हुँदैछन् । म जिल्ला पार्टी अध्यक्षको नाताले सम्पूर्ण सिन्धुलीवासी बुबा आमा दाजुभाई तथा दिदी बहिनीहरुलाई आफ्नो प्यारो पार्टी एमालेको १० औं महाधिवेशनमा सामेल हुन अपील गर्दछु । -यो सामाग्री सन्देश जनप्रिय साप्ताहिकले प्रकाशन गरेको छ ।