सिन्धुलीः कमलामाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई इन्टरनेट, अनलाई, टिभी र एफएम रेडियो मार्फत वालबालिकालाई पठान पाठन सुचारु गराउने सम्वन्धमा अध्ययनगरी प्रवन्ध मिलाउने निर्णय गरेको छ । नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षतामा बसेको नगरशिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षाको नतिजा बैठक १८ गतेसम्म र कक्षा ८ को नतिजा यथासक्य छिटो प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसैगरी २०७७ का लागि आवश्यक पर्ने पाठ्य पुस्तक समयमैं उपलव्ध गराउनका लागि पूस्तक व्यवसायीहरुसँग अनुरोध गर्ने निर्णय गर्नुका साथै नगरपालिका भित्रका सरकारी कोषबाट तलव भत्ताखाने कर्मचारी तथा वाल विकास शिक्षक र सहजकर्ताको पारिश्रमिकबाट अधिकृतस्तर र सोभन्दा माथिको ६ दिन र तल्लो तहको ४ दिनको पारिश्रमिक कट्टागरी प्रकोप नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको सुचना अधिकारी सागरकुमार ढकालले जानकारी दिए ।

कमलामाई नगरपालिका, सिन्धुली – Kamalamai Municipality Sindhuli
2 hrs ·
आज मिति २०७७ साल वैशाख १३ गते विहान कमलामाई नगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष श्री खड्ग बहादुर खत्रीकाे अध्यक्षतामा वैठक वसी तपसिलका प्रस्तावहरु माथि छलफल गरि निर्णय गरियाे ।











