फिक्कलको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो चौानसिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने गरेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद न्यौपानेले बताएका छन् ।

फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा संचालन गरिएको थियो । सार्वजनिक सुनुवाईको मुख्य जवाफ कर्ता गाउँपालिका अध्यक्ष कार्की र प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

कार्यक्रममा गाउँपालिकाका जिल्ला स्थित सुरक्षा निकाएका प्रमुखहरु, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

फिक्कल गाउँपालिकाकाको आयोजना तथा सामुहिक सरोकार समाज सिन्धुलीको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण लामो समय देखि पारस्पारिक जवाफदेहिताको क्षेत्रमा क्रियाशिल अधिवक्ता एवम् प्रध्यापक नानीबाबु घिमिरेले गरेका थिए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।