नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।
मंगलवार भएको नगर अधिवेशन उद्घाटनपछि कमिटी सर्वसम्मत बनाउने प्रयास थालिएपनि बुधवार दिउँसोसम्म पनि कुनै ठोस सहमित हुन नसकेपछि निर्वाचन मण्डलले नगरकमिटीमा रहने सदस्यहरुको संख्यामा भने सर्वसम्मतिले चयन गरेको थियो । तर अध्यक्षसहितको पदाधिकारीमा कुनै सहमति नभएपनि निर्वाचन प्रक्रिया अगाडि बढाउँदै बुधवार साँझसम्म अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवमा एक दर्जन उम्मेदवारी दर्ता भएकाछन् ।
अध्यक्ष पदमा हरि अधिकारी र केशर नेपाली उपाध्यक्षमा सुन्दर घिसिंग, खड्ग चौलागाई, जंगवहादुर बराल र बाबुराम थापा, मनोज कार्की र सचिवमा कृष्णहरी घिमिरे, रमा कार्की, गोकर्ण भुजेल र केदार देवकोटा र उपसचिवमा चित्रनारायण श्रेष्ठ, सिता सत्याल, सुमित्रा आले, प्रेमवहादुर बुढाथोकी, मक्करवहादुर कार्की, रामवहादुर थिंग, सरोज थापा र सुवोध अधिकारीको उम्मेदवारी परेको छ ।
बुधवार साँझ उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर उच्च नेतृत्वले छलफल गराउँदै स्वस्र्फुत रुपमा उम्मेदवारी फिर्ता गराउने प्रयत्न गरेपनि त्यो प्रयास असफल बनेको छ ।