एमाले तीनपाटनको अध्यक्षमा छत्र दाहाल चयन

नेकपा एमाले तीनपाटनको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट छत्र बहादुर दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए ।

अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ, उपसचिवद्वय ईन्द्रबहादुर थापा र बरुण घिमिरेलाई चयन गरेको छ ।

अधिवेशनले ७५ सदस्यीय गाउँ कमिटीको सदस्य समेत सर्वसम्त रुपमा चयन गरेको छ ।