सम्पन्न दशैंको टिकाको राती तीन वालिका सामूहिक बलात्कृत भएको घटनामा प्रहरी उदासिन रहेको बताउँदै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्वबियुले आपत्ती जनाएको छ । आफन्तकहाँ टिका लगाएर फर्किएका वालिकाहरुलाई राती १२ बजेदेखी २ बजेका बीचमा उनीहहरु सामूहिक बलात्कृत भएका थिए भने प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तर आजसम्म घटनामा संलग्नहरुलाई पक्राउ गरेको छैन । घटनामा ९ जना संलग्न भएको बिबरण प्रहरीले खुलाएको थियो ।
तीन वालिकालाई कमलामाई नगरपालिका ५ लव्दाहा खोलाको पुलमुनी लगेर बलात्कार गरेको बिबरण खुलेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको र कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी उपरिक्षक गोविन्द थपलियाले दिए । यो समाचार तायार पार्दासम्म प्रहरीले संलग्न अन्यलाई पक्राउ गरेको छैन । बलात्कृत वालिकाहरुको स्वास्थ्य परिक्षण रिपोर्टले पनि बलात्कार भएको पुष्टि गरेको छ । उक्त घटनालाई राजनैतिक दबाबमा मिलाउने प्रयत्न भएपछि अनेरास्ववियुले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै बलात्कारमा संलग्न अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित बालिकाहरुलाई समाजमा सम्मान पुर्बक बाँच्ने ब्यबस्था मिलाउन माग गरेको छ । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले आज एक प्रेस विज्ञप्ती जारीगर्दे सामाजिक सुरक्षामा राज्यको उदासिनता पुष्टि भएको बताइन् ।
उनले जारी गरेको विज्ञप्तीमा अगाडि भनिएको छः हाम्रो आवाजलाई नजरअन्दाज गरेको खण्डमा सामाजिक न्यायको निम्ति सशक्त ढंगले प्रतिवादमा उत्रने चेतावनी दिन चाहान्छौं । अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बुधवारनैं ज्ञापनपत्र बुझाएको छ । दशैंको टिकाको राती सिन्धुलीमा तीन वालिका सामूहिक बलात्कृत भन्दै प्रदेशखबरले पहिलो पटक समाचार प्रकाशन गरेको थियो । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।











