प्रचण्डको ३० लाख पार्टी सदस्य पुर्याउने निर्णय सुनेर सवै चकित

२०७४ को संघीय साँसदमा समानुापतिक निर्वाचनमा जम्मा १३ लाख मत पाएको माओवादीले एकबर्ष भित्र ३० लाख पार्टी सदस्य पुर्याउने हास्यास्पद निर्णय गरेको छ । हिजोको स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न काल खण्डमा पटक पटक विभाजीत भई अहिले प्रचण्ड गुटमात्र रहेको नेकपा माओवादी केन्द्रले ३० सदस्यको सपना देख्नु पश्चिमबाट सुर्य झुल्कनु जस्तै भएको पूर्व माओवादी केन्द्रका एक नेता बताउनुहुन्छ ।

अहिले कति जना पार्टी सदस्य छन् र एक बर्षभित्र ३० लाख पु¥याउने भन्ने कुनै लेखाजोखा माओवादीसँग छैन । एमालेसँग एकता भएका बेला पार्टी सदस्यको विवरण अद्यावधिक गरौं भन्दा माओवादीले सधैं लफडा मात्र गरिरहन्थ्यो । जसको कारण थियो उ सँग कुनै सदस्यताको कुनै विवरण नै थिएन ।

कुनै बेला ३ लाख सदस्य रहेको दाबी गर्ने माओवादीले त्यसको प्रमाण कहिल्यै जुटाउन सकेको थिएन । एमालेसँग एकता भएर नेकपा भएका बेला सदस्यताको विषय आएपछि तत्कालिन अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष प्रचण्ड सधैं झमेला गर्नुहुन्थ्यो । ‘जसरी पनि पार्टी सदस्यता अद्यावधिकको विषय अगाडी बढ्ने भएपछि मतदाता नै हाम्रा पार्टी सदस्य भनेर माओवादीले तर्क अघि सा¥यो’नेकपाकालिन एक नेता भन्नुहुन्छ ‘ल त्यो पनि मानियो । केही त प्रमाण ल्याउनुहोस भनेपछि फेरी लफडा भइहाल्थ्यो ।’

एक बर्ष भित्र ३० लाख सदस्य पु¥याउनें भनेर माओवादी अध्यक्ष प्रचण्डले भनेको सुन्दा धेरैले ‘खुट्टी हेरेर पत्याइयो ’ भनेका छन् । अहिले कै चालचलन, प्रचण्डकै शब्दमा पद र पैसामा मात्र लिप्त नेता कार्यकर्ता भएको अवस्थामा माओवादीमा कुनै आकर्षणा छैन ।‘३० लाख सदस्य पु¥याउने कुरा त हास्यास्पद मात्र हो अनीहरुले उहिले भन्ने गरेका ३ लाख सदस्य पनि कता पुगेर अहिले कति बाँकी छन् भन्ने कुनै दशी प्रमाण नराखेकाहरुको यो रमाइलो चिया गफ मात्र हो’ एक पूर्व माओवादीका नेताले भन्नुभयो ।