जन्मदिनको अबसरमा हाजिरिजवाफ प्रतियोगिता

हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनीमा हाजिरिजवाफ प्रतियोेगिता सम्पन्न भएको छ । एमालेका युवा नेता तथा अभिभावक दिपक माझीले आफ्नो जन्मदिनको अबसर पारेर विद्यालयमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गराएका हुन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई ४ हजार, २५ सय, र १५ सय रुपैयाँ नगदका साथै विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कापी कलम र पेन्सिल वितरण गरिएको थियो । हाजिरिजवाफ प्रतियोगितामा सहभागी अन्य समूहलाई सान्त्वना स्वरुप नगद रु. ५ सय वितरण गरिएको युवा नेता माझीले जानकारी दिए ।

May be an image of 7 people, people sitting and people standing