आसन्न कांग्रेसको १४ औं महाधिवेशनः सिन्धुलीका महिला नेतृहरुले घोषणा गरे सामुहिक उम्मेदवारी


नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको अन्यौलका बीच सिन्धुलीका महिला नेतृहरुले सामुहिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकाछन् ।
नेपाली कांग्रेसकी लोकप्रिय युवा नेत्री सुशिला थिङको नेतृत्वमा एक दर्जन महिला नेतृहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार प्रतिनिधीसभा क्षेत्र नं. २ को प्रत्यक्ष तर्फ नेत्री शुशिलाले महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । त्यसैगरी यसै क्षेत्रबाट महिला प्रत्यक्ष तर्फ दिपशिखा शर्मा ढकालले केन्द्रीय महाधिवेशन प्रतिनिधीमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसैगरी अर्की नेतृ शान्ताकुमारी कार्कीले पनि महिला तर्फको प्रत्यक्ष तर्फ महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी घोषणागर्दे मतदादातसमक्ष पुग्नुभएको छ । त्यसैगरी यसै क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधीमा जनजाती –महिला) तर्फबाट दुर्गा सुनुवार, पार्वती थापा, बिमला माझी, सरस्वती लामा र खस आर्यका तर्फबाट कुमारी इन्दिरा पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं. २ प्रदेशसभा क को महाधिवेशन प्रतिनिधी (महिला तर्फ) कान्ता ढकाल, जनजाती तर्फ बालकुमारी श्रेष्ठ र प्रदेश ख को महिला प्रत्यक्ष तर्फ सिता स्याङ्वाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसको राजनीतिमा यस अगाडि संगठित रुपमा महिला नेतृहरुले आफ्नो समूहनैं बनाएर उम्मेदवारी घोषणा गरेका थिएनन् । यस पटक भने महिलाहरुको उम्मेदवारीले सिन्धुली कांग्रेसमा उत्साह थपिएको देखिएको छ । यो समाचार सन्देश जनप्रिय साप्ताहिकमा प्रकशन भएको छ ।