कमलामाईको २ नम्बर वडाका माओवादी र कांग्रेस कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा न. २ को वडाकमिटी बैठकमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष मानसिं थोकरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सह इन्चार्ज उमादेवी कोइरालाले नव प्रवेसीहरुलाई अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र परित्यागगरी १८० र नेपाली कांग्रेसका २० जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा एमालेका वाम्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्का, कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, पार्टी सचिवालय सदस्य नवराज थिङलगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

No description available.
No description available.