सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाका चार सय जना कृषकलाई सहयोग गरेको छ । कोभिड–१९ बाट प्रभावित समुदायलाई सामाजिक आर्थिक पुनर्लाभ परियोजनामार्फत सहयोग गरेको हो ।
कृषकहरुलाइ व्यावसायिक बनाउन दुधौली नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा सहकार्य नेपालले संचालन गरेको उक्त परियोजना मार्फत कृषकलाई सहयोग गरेको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिनुभयो । परियोजनामार्फत चार सय जना कृषकलाई व्यावसायिक कृषिमा जोड्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कृषकलाई ३ वटा पावर ट्रिलर (हाते ट्राक्टर,२७ रोल मल्चिङ प्लास्टिक, ४१ वटा प्लास्टिक टनेल, थोपा सिचाइ सहितको ३ सेट पोलिनेट हाउस, हजारी लगायतका सामाग्री बितरण दुुधौली नगरपालिकाका मेयर घनश्याम राउले कृषकलाई हस्तान्तरण गर्नु भएको थियो ।
काउली, बन्दा, ब्रोकाउली , टमाटर , मुला , रायो , धनिया , भान्टा , सिमि लगायत विभिन्न तरकारीका बीउ बिजन समेत वितरण गरिएको छ । दुधौली नगरपालिकाका १ देखि ११ नम्बर वडाका अगुवा कृषकहरुलाइ सामाग्री बितरण गरिएको छ ।
दुधौली नगरपालिकाकाका मेयर घनश्याम राउतले नगरबासीको आयअर्जन बढाउन यस्ता कार्यक्रमको परिकल्पना गरेको प्रतिक्रिया दिनुभयो । नगरबासीको जीवन स्तर उकासिय मात्र नगरपालिका समृद्ध हुने भएकाले आधुनिक कृषिमा नगरबासीलाई जोड्न चाहेको बताउनुभयो ।











