ठूलो संख्यामा एमाओवादी र कांग्रेस कार्यकर्ताहरु एमालेमा प्रवेश


सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम् बाग्मती प्रदेशसभा सदस्य बिनोद खड्काले एमाले जनताको पार्टी भएकाले आगामी निर्वाचनमा ठूलो दलका रुपमा स्थापित हुने बताउनुभएको छ । उहाँले पार्टीका केही नेताका कारण पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको बताउँदै अहिले उनीहरु अलग पार्टी बनाएर हिंडेको उल्लेख गर्नुभयो । भारतद्धारा मिचिएको नेपाली जमिन फिर्ता लिने पहल कदमी गरेर राष्ट्रियताको पक्षमा उभिएको बताउँदै आफ्नो गाउँ आफैं बनाउने लोकप्रिय कार्यक्रमर बुढाबुढीलाई बृद्धभत्ताको व्यवस्था गरेर एमाले जनताको पार्टीका रुपमा स्थापित भएको बताउनुभयो । एमाले नगरअध्यक्ष महेन्द्रदेव श्रेष्ठले एमालेलाई कमजोर बनाउन देशी बिदेशी शक्तिहरु लागिरहेको बताउँदै कसैको षडयन्त्र सफल नहुने बताउनुभयो ।
उहाँले आफ्नो घरमा आगो सल्काएर अरुको घरमा शरण लिन जाने माधव नेपालहरुकै कारण एमाले नेतृत्वको सरकार ढलेको बताउँदै पार्टी विरोधी गतिविधीगर्नेहरुलाई कार्यकर्ताहरुले पनि चिन्न आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः एमाले अहिले एक ढिक्का भएको छ, अब कुनै पनि ताकतले कमजोर पार्न नसक्ने उल्लेख गर्नुभयो । एमालेका सचिवाललय सदस्य एवम् कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिङले एमालेलाई स्थानीय स्तरमा बलियो बनाउँदै आफ्ना गतिविधीहरु जनताको घर घरमा लैजान आवश्यक रहेको बताउनुभयो ।

May be an image of 5 people, including Mahendradev Shrestha and Nabraj Karki and people standing

उहाँले माओवादीसँगको पार्टी एकतापछि पार्टी गतिविधीमा निराशा बढेकोले समस्या सिर्जना भएका थिए, विगतको कमी कमजोरीबाट पाठ सिक्दै संगठनलाई गतिशिल बनाउन स्थानीय पार्टी कमिटीलाई सुझाव दिनुभयो । कमलामाई वडा नं. १२ का पार्टी कमिटी अध्यक्ष नरेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्यागगरी ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेताहरु खड्का, श्रेष्ठ र घिसिङले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । माओवादी केन्द्रका स्थानीय नेता निरोज घिमिरेको नेतृत्वमा होमवहादुर राय, निरोज चौहान, सरोज बुढाथोकी, हेमवहादुर भुजेल, निरवहादुर सार्की, मंसार सार्की, भक्तवहादुर क्षेत्री, कुवेर भुजेल, केदार राउत, डम्बरवहादुर सिंजाली मगर, रामचन्द्र श्रेष्ठ, मानवहादुर सार्की, बुद्धि बुढाथोकी, गिता सार्की, चन्द्रवहादुर तोलाङ्गे, सोमवहादुर सार्की, नैनकुमारी जोगीलगायत छन् भने नेपाली कांग्रेसका तर्फबाट भेषराज घिमिरेको नेतृत्वमा ललितवहादुर खड्का, सन्तोष श्रेष्ठ, नेत्रवहादुर भुजेल, कल्पना भुजेल, अनन्त श्रेष्ठ, जितवहादुर बललगायत रहेकाछन् । ठूलो संख्यामा एमाओवादी र नेपाली कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको कमलामाई नगरपालिकामा पहिलो मानिएको छ ।

May be an image of 14 people, including Nabraj Karki and Menuka Timalsina, people sitting, people standing and outdoors
May be an image of 5 people, including Mahendradev Shrestha, people standing and outdoors
May be an image of 11 people, including Bimala Pandey, people standing, people sitting and outdoors

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।