नेकपा एमालेले सभामुखले आफ्ना सांसदहरुलाई कारबाही नगरेको र यसको चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद अवरुद्ध गरेका छन्।
बुधबारको संसद बैठकको सुरुमै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कदमको विरोध गर्दै जवाफ दिन आग्रह गरे पनि सभामुखको जवाफमा चित्त नबुझी उनीहरुले संसद बैठकमै नाराबाजी गरेका थिए।
सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।











